काठमाडौँ । विश्वकप क्रिकेट सकिएपछि आइसीसीले विश्वकप क्रिकेटको टिमका १२ खेलाडीको नाम सार्वजनिक गरेको छ ।
यस सुचिमा विश्वकप विजेता टिम इङल्याण्डका चार खेअलादी परेका छन् भने उपविजेता न्युजील्याण्डका तीन खेलाडी परेका छन् ।
त्यस्तै सेमिफाइनलबाट बाहिरिएका भारत र अस्ट्रेलियाका २-२ खेलाडी यस सुचिमा परेका छन् भने बंगलादेशका एक खेलाडी पनि यस सुचिमा परेका छन् ।
आइसीसी विश्वकप टिममा १२ खेलाडीसहितको टिममा इङल्याण्डका जासन रोय, जोय रुट, बेन स्टोक र जोफ्रा आर्चर रहेका छन् । त्यस्तै न्युजील्याण्डका केन विलियम्सनलाई विश्वकप टिमको कप्तान बनाइएको छ भने न्युजील्याण्डबाट लुकी फर्गुसनलाई यस टिममा समावेश गरिएको छ । त्यस्तै बलर ट्रेन्ट बोल्टलाई १२औ खेलाडीको रुपमा टिममा समावेश गरिएको छ ।
त्यस्तै भारतबाट ओपनर रोहित शर्मा र बलत जसप्रित बुमराह यस सुचिमा परेका छन् । त्यस्तै अस्ट्रेलियाका विकेटकिपर एलेक्स केरी र बलर मिचेल स्ट्राक यस सुचिमा परेका छन् ।
त्यस्तै बंगलादेशका अलराउन्डर शकिब अल हसन पनि यस सुचिमा परेका छन् ।
विश्वकप अस्ट्रेलियाका विष्फोटक ब्याट्सम्यान डेविड वार्नर, भारतीय कप्तान विराट कोहली, न्युजील्याण्डका अलराउन्डर जिम्मी निशाम जस्ता खेलाडी यस सुचिमा परेका छैनन् ।