• २०८१ बैशाख १३ बिहीबार

इङल्याण्ड क्रिकेट बोर्डले भन्यो – हामी विश्व विजेता हौँ, अब विवादको अर्थ छैन

kharibot

काठमाडौँ । विश्वकप क्रिकेट इङल्याण्डले जसरी जित्यो अहिले यसमा अनेकौ टिप्पणी भइरहेका छन् । अन्तिम ओभरमा भएको नाटकीय खेलको बहस अहिले अम्पायरले गल्ति गरेको चर्चा समेत भैरहेको छ ।

अन्तिम ओभरको चौथो बलमा इङल्याण्डले पाएको ६ रन नियम विपरित भएको भन्ने अवाज उठ्न थालेका छन् । आइसीसीका पाँच पटकसम्म उत्कृष्ट अम्पाएरको अवार्ड पाएका साइमन टफेलले ६ रन दिने अम्पाएरको निर्णय गलत भएको बताएका छन् । टफेलले त्यो बलमा अम्पाएरले आइसीसीको नियम अनुसार ५ रन मात्र दिनुपर्ने थियो भन्ने दाबी गरेका छन् ।

यहि विवाद चलिरहेका इङल्याण्डको क्रिकेट बोर्डले आफ्नो प्रतिक्रिया दिएको छ । बिबिसीसँग कुरा गर्दै इङल्याण्ड क्रिकेट बोर्डका निर्देशक एशले जाइल्सले अहिले चलिरहेको विवाद खारेज गर्दै इङल्याण्ड विश्व विजेता भएको बताए । खेलमा यस्तो हुने भन्दै अहिले यस्तो विवादको कुनै अर्थ नभएको उनले बताएका छन् । उनले अन्तिम बलको बारेमा पनि विवाद गर्न सकिने बताउदै सो बलमा बेन स्टोकले २ रनको सट्टामा ६ रन पनि हान्न सक्ने थिए भन्ने तर्क गरे ।

जाइल्सले खेलमा यस्तो घटना हुने भन्दै इङल्याण्डले विश्वकप जित्ने खेल खेलेको दाबी गरे । पछिल्लो चार बर्ष इङल्याण्डले उत्कृष्ट क्रिकेट खेलेको भन्दै इङल्याण्ड विश्वकप जित्ने हकदार भएको बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै