• २०८१ बैशाख ८ शनिबार

विराटलाई हटाएर रोहितलाई नयाँ कप्तान बनाउने तयारी !

kharibot

काठमाडौं । विश्वकप क्रिकेटको सेमिफाइनलमा न्युजील्याण्डसँग हार बेहोरेको भारतीय टिमका कप्तना विराट कोहली कप्तानी खतरामा परेको छ ।

विश्वकपमा विराटको कप्तानीको आलोचना भैरहेका भारतीय क्रिकेट बोर्डका एक अधिकारीलाई उदृत गर्दै विराट कोहलीलाई एकदिवसीय र टी-२० खेलको कप्तानबाट हटाउन सकिने रिपोर्ट भारतीय मिडियाहरुले प्रकाशित गरेका छन् ।

मिडिया रिपोर्टका अनुसार विराटलाई टेस्ट टिमको कप्तान मात्र बनाउने र ओपनर ब्याट्सम्यान रोहित शर्मालाई एकदिवसीय र टी-२० क्रिकेटको कप्तान बनाउन सकिने तर्क ति बोर्डका अधिकारीले अगाडी सारेका छन् ।

भारतीय क्रिकेट बोर्डले आगामी बर्ष अस्ट्रेलियामा हुने टी-२० विश्वकप र सन् २०२३ मा भारतमै हुने एकदिवसीय विश्वकपलाई ध्यानमा राखेर बोर्डले यस्तो निर्णय गर्न सक्ने तर्क अगाडी सारिएको छ । रोहित अहिले भारतीय टिमका उपकप्तान हुन भने उनले आफ्नो नेतृत्वमा भारतलाई पछिल्लो पटक एशिया कप जिताएका थिए । आइपिएलमा मुम्बई इण्डियन्सको कप्तानी गर्ने रोहित आइपिएलका सफल कप्तान मानिन्छन् ।

यदि यस्तो भएमा भारतीय टिममा दुई कप्तान हुने छन् । यस अघि पनि अनिल कुम्बले टेस्ट टिमको कप्तान हुदा महेन्द्रसिंह धोनीले एकदिवसीय र टी-२० को कप्तान बनेका थिए । त्यसपछि धोनीले टेस्ट टिमबाट सन्यास लिएपछि कोहली टेस्ट टिमको कप्तान बनेका थिए भने धोनीले केहिसमय एकदिवसीय र टी-२० खेलमा कप्तानी गरेका थिए ।

विश्वकपको असफलता पछि कप्तान मात्र होइन भारतीय टिमका प्रशिक्षक समेत फेरिन सक्ने बताइएको छ । रवी शास्त्रीको विश्वकप पछि ४५ दिन प्रशिक्षकको कार्यकाल थप गरिएको । उनी भारतको वेस्टइन्डिज टुरसम्म मात्र प्रशिक्षक रहने छन् । भारतीय मिडियाका अनुसार बोर्डले नयाँ प्रशिक्षकका लागि छिटै आव्हान गर्ने बताइएको छ ।                                                 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै