दाङमा रासायनिक डिएपी मलको अभाव 

खरीबोट

फाइल तस्बीर

दाङ । दाङमा रासायनिक डिएपी मलको अभाव भएको छ । रोपाइँको समयमा डिएपी मल नहुँदा किसान मारमा परेका छन् । किसान रासायनिक मल किन्नका लागि दिनहुँ सहकारी संस्थामा आउने गर्छन् तर मल नपाएपछि निराश भएर फर्कने गरेका छन् ।

तुलसीपुर उपमहानगरपालिका–६ का ४० वर्षीय चम्कल चौधरीले धान रोपाइँ गर्ने समयसम्म पनि मल नपाएको दुखेसो गरे । उनले आफूजस्ता गरीब किसानले अहिले मानो रोपेर मुरी उत्पादन गर्ने समयमा मल नपाउँदा धान रोपाइँ प्रभावित हुनुका साथै उत्पादनसमेत नहुने बताए ।

उनले भने, “पहिले पानीको समस्या थियो, अहिले मलको समस्या, धान ब्याड तयार छ मल छैन, कसरी रोपाइँ गर्ने ?” अहिले उहाँमात्र होइन यहाँका धेरै किसान रासायनिक मल नपाउँदा मर्कामा परेका छन् । उपमहानगरपालिका–१२ का किसान रामबहादुर घर्ती पनि मल किन्नका लागि तुलसीपुर बजार आउने र रित्तै घर फकर्ने गरेको बताउछन् । उनी भन्छन्, “यसपटक धान उत्पादनमा कमी आउनेछ ।”

कृषि सामग्री केन्द्र तुलसीपुरका प्रमुख तीर्थ न्यौपानेले जिल्लामा लामो समयदेखि डिएपी मल नभएको बताए । उनले मल उपलब्ध गराइदिनका लागि मन्त्रालयलाई पटक–पटक जानकारी गराएको पनि बताए । उनले डिएपी मल अहिले धेरै जिल्लामा नभएको र छिट्टै आपूर्ति हुनेगरी सरकारले पहल गरिरहेको बताए ।

सरकारी अनुदानको डिएपी मल वितरणको जिम्मा कृषि सामग्री केन्द्र र साल्ट ट्रेडिङ कम्पनीले पाएका छन् । डिएपी मल रोपाइँ गरेकै दिन हाल्नुपर्ने भएकाले पनि किसान मारमा परेका छन् । दाङमा हालसम्ममा ४२ प्रतिशत धान रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । अहिले यहाँका किसान रोपाइँ गर्नमा व्यस्त छन् । जिल्लामा कूल ३९ हजार हेक्टर जमीनमा धानखेती हँुदै आएको छ । 

सम्बन्धित समाचार

डिपो नहुँदा खाद्य संस्थानको चामल बिकेन

जाजरकोट । पायक पर्ने ठाउँमा नेपाल खाद्य संस्थानको बिक्री केन्द्र नहुँदा स्थानीयवासी बजारको महङ्गो चामल खरीद गर्न बाध्य छन् । बिक्री केन्द्र पुग्न एक दिन लाग्ने भएपछि स्थानीयवासीलाई समस्या भएको

मैत्रीपूर्ण खेलका लागि नेपाली टिम आज मलेसिया प्रस्थान गर्दै

काठमाडौँ । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले मलेसियन सुपर लिग च्याम्पियन जोहार डारुल टाजिम क्लबसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ । यही भदौ ९ गते हुने उक्त मैत्रीपूर्ण खेल खेल्न नेपाली

भारतीय पुर्वमन्त्री चिदम्बरमलाई हिरासतमा राख्न अदालतको अनुमति

नयाँ दिल्ली । भ्रष्ट्राचारको आरोपमा बुधबार राति पक्राउ परेका भारतीय पुर्व अर्थमन्त्री तथा गृहमन्त्री पी चिदम्बरम सिबीआईको हिरासतमा रहने भएका छन् । आज अदालतमा दुवै पक्षको बहसपछि अदालतले अगष्ट २६ सम्म

लुकाकुको पिडा : म्यानचेस्टर युनाइटेडमा मलाई ‘कलप्रिट’ बनाइयो

काठमाडौँ । इटालियन क्लब इन्टरमिलान गएका बेल्जियमका स्टार फुटबलर रोमेलु लुकाकुले म्यानचेस्टर युनाइटेडले आफुलाई संरक्षण नगरेको आरोप लगाएका छन् । इन्टरसँग नयाँ सम्झौता गरेपछि लुकाकुले युनाइटेडमा हारको दोष आफु माथि लगाइएको


z