आषाढ मसान्तको चटारो : बैंकका राजश्व काउन्टर र भन्सार अबेरसम्म खुल्ने

खरीबोट

काठमाडौँ । आर्थिक वर्षको अन्तिम दिन आज देशका सबै भन्सार कार्यालय तथा बैंकका सबै राजस्व काउन्टर अबेरसम्म खुल्ने भएका छन्।

अर्थ मन्त्रालयको राजस्व व्यवस्थापन महाशाखाले बैंकका सबै राजस्व शाखा तथा काउन्टर पूरै समय खुल्ला गरी नियमित रुपमा राजस्व बुझ्ने व्यवस्था मिलाउन राष्ट्र बैंकलाई निर्देशन दिएको छ ।

यस्तै, महालेखा नियन्त्रकको कार्यालयले पनि नेपाल राष्ट्र बैंकलाई निर्देशन दिँदै मंगलबार खर्चको चेकहरु सम्भव भएसम्म मंगलबारनै साटिने व्यवस्था मिलाउन भनेको छ ।

‘चेक क्लियरिङ हुने शाखा तथा काउन्टरहरुमा राति अवेरसम्म कारोबार गर्ने व्यवस्था मिलाउने आदेशानुसार अनुरोध छ,’ महालेखा नियन्त्रक कार्यलयले राष्ट्र बैंकलाई पठाएको पत्रमा उल्लेख छ ।

यस्तै, आर्थिक वर्षको अन्तिम दिन सबै भन्सार कार्यलय पनि अबेरसम्म खुल्ला रहेने छन् । यसअघि भन्सार विभागले रातिसम्म भन्सार कार्यलय खुल्ला गर्न सबै भन्सार कार्यलयलाई निर्देशन जारि गर्ने गरेको थियो ।

आर्थिक वर्षको अन्तिम दिन आज चालु वर्षको कारोबार यो वर्ष भित्रै गर्नुपर्ने भएकोले सेवा समय थप गरिएको अर्थमन्त्रालयको भनाई छ ।
 

सम्बन्धित समाचार

अर्थमन्त्रालयद्वारा प्रधानमन्त्रीको गलत तथ्यांकको बचाउ

काठमाडौँ । अर्थमन्त्रालयले प्रधानमन्त्री केपी शर्मा ओलीले यही पुस २२ गते प्रतिनिधिसभामा गरेको सम्बोधन तथ्यमा आधारित रहेको स्पष्ट पारेको छ । उनले सम्बोधनको क्रममा उल्लेख गरेका केही तथ्याङ्कबारे सार्वजनिक भएका टिप्पणीप्रति

पुँजी बजारमा देखिएको समस्या पहिचान गर्न अर्थमन्त्रालयले समिति बनायो 

काठमाडौँ। सरकारले पुँजी बजारमा देखिएको समस्या समाधान गर्न समिति गठन गरेको छ। अर्थमन्त्रालयले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिव राज श्रेष्टको संयोजकत्वमा समिति गठन गर्दै सात दिन भित्र रिपोर्ट पेश

दुईवटा राष्ट्रिय गौरबका सडकमा ७० करोड रकमान्तर

काठमाडौँ । सरकारले दुईवटा राष्ट्रिय गौरबका आयोजनाका सडक निर्माणका लागि ७० करोड रुपैयाँ रकमान्तर गरेको छ । अर्थ मन्त्रालयले कालिगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) र हुलाकी राजमार्गलाई गरी उक्त रकम रकमान्तर गरेको

प्रदेश सञ्चित कोषको व्यवस्थापनामा १२ शीर्षकका खाता हुने

काठमाडौँ । सरकारले प्रदेश सञ्चित कोषको व्यवस्थापनका लागि विभिन्न शीर्षकका १२ वटा खाता सञ्चालनमा ल्याउने गरी कार्यविधि स्वीकृत गरेको छ ।  केन्द्रीय सरकारले प्रदेश सरकारलाई प्राप्त हुने सबै प्रकारका राजस्व र


z