• २०८१ बैशाख १२ बुधबार

आषाढ मसान्तको चटारो : बैंकका राजश्व काउन्टर र भन्सार अबेरसम्म खुल्ने

kharibot

काठमाडौँ । आर्थिक वर्षको अन्तिम दिन आज देशका सबै भन्सार कार्यालय तथा बैंकका सबै राजस्व काउन्टर अबेरसम्म खुल्ने भएका छन्।

अर्थ मन्त्रालयको राजस्व व्यवस्थापन महाशाखाले बैंकका सबै राजस्व शाखा तथा काउन्टर पूरै समय खुल्ला गरी नियमित रुपमा राजस्व बुझ्ने व्यवस्था मिलाउन राष्ट्र बैंकलाई निर्देशन दिएको छ ।

यस्तै, महालेखा नियन्त्रकको कार्यालयले पनि नेपाल राष्ट्र बैंकलाई निर्देशन दिँदै मंगलबार खर्चको चेकहरु सम्भव भएसम्म मंगलबारनै साटिने व्यवस्था मिलाउन भनेको छ ।

‘चेक क्लियरिङ हुने शाखा तथा काउन्टरहरुमा राति अवेरसम्म कारोबार गर्ने व्यवस्था मिलाउने आदेशानुसार अनुरोध छ,’ महालेखा नियन्त्रक कार्यलयले राष्ट्र बैंकलाई पठाएको पत्रमा उल्लेख छ ।

यस्तै, आर्थिक वर्षको अन्तिम दिन सबै भन्सार कार्यलय पनि अबेरसम्म खुल्ला रहेने छन् । यसअघि भन्सार विभागले रातिसम्म भन्सार कार्यलय खुल्ला गर्न सबै भन्सार कार्यलयलाई निर्देशन जारि गर्ने गरेको थियो ।

आर्थिक वर्षको अन्तिम दिन आज चालु वर्षको कारोबार यो वर्ष भित्रै गर्नुपर्ने भएकोले सेवा समय थप गरिएको अर्थमन्त्रालयको भनाई छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै