काठमाडौँ । सन् २०२० मा अस्ट्रेलियामा हुने टी-२० विश्वकपको एशिया स्तरको छनौट खेलको लागि नेपाली राष्ट्रिय टिम अहिले मलेसियामा रहेको छ । नेपाली टिम जुलाई २० मा सिंगापुरतर्फ जाने तालिका रहेको छ ।
नेपाली क्रिकेट टिमले मलेसियासँग दुई टी-२० अन्तर्राष्ट्रिय खेलमा जित हासिल गर्दै सिरिज कब्जा गरेको छ भने अहिले विश्वकपको एशियास्तरको छनौटको तयारीमा व्यस्त रहेको छ ।
यस रिपोर्टमा हामीले नेपाली टिमले गरिरहेको अभ्यासका तस्बीर पनि प्रस्तुत गरेका छौ ।
नेपालसँगै कतार, सिंगापुर, मलेसिया र कुवेत एशियाको अन्तिम छनौटमा पुगेका छन् । अब यी टिमबाट शिर्ष टिम ग्लोबल क्वालिफायरका लागि छनौट हुने छन् । यस अघि यी ५ टिम बाहेक यूएई पनि अन्तिम चरणमा रहेको भएपनि युएईले ग्लोबल छनोटको प्रतियोगिता अयोजना गर्ने भएपछि उसले एसिया छनोटको फाइनल राउण्ड नखेली सिधै ग्लोबल छनौट खेल्न पाएको हो ।
सार्वजनिक गरिएको खेल तालिका अनुसार एशिया स्तरको छनौट खेल आगामी जुलाई २२ देखि २८ सम्म हुने खेलतालिका रहेको छ ।
सिंगापुरमा हुने सो प्रतियोगिताको पहिलो खेलमा २२ जुलाईमा आयोजक सिंगापुर र कतार खेल्ने छन् ।
खेल तालिका :
२२ जुलाई : सिंगापुर भर्सेज कतार
: कुवेत भर्सेज मलेसिया
२३ जुलाई : कतार भर्सेज नेपाल
: सिंगापुर भर्सेज कुवेत
२४ जुलाई : नेपाल भर्सेज मलेसिया
२६ जुलाई : कतार भर्सेज कुवेत
: सिंगापुर भर्सेज मलेसिया
२७ जुलाई : कुवेत भर्सेज नेपाल
: मलेसिया भर्सेज कतार
२८ जुलाई : सिंगापुर भर्सेज नेपाल
एशिया स्तरको यो छनौट खेलबाट शिर्ष टिम ग्लोबल क्वालिफायरका लागि छनौट हुने छन् । ग्लोबल क्वालिफायरका लागि एशियाबाट १, अफ्रीका र अमेरिका क्षेत्रबाट २-२ तथा युरोप र इष्ट एशिया प्यासिफिकबाट १-१ गरि ७ देश छानिने छन् ।
ग्लोबल क्वालिफायरका लागि अक्टोबर ११ देखि नोभेम्बर ३ सम्म युएईमा खेल हुने छ । जसमा आयोजक युएई, ग्लोबल क्वालिफायरमा छनौट भएका ८ देशका साथै हङकङ, आयरल्याण्ड, नेदरल्याण्ड, ओमान, स्कटल्याण्ड र जिम्बाबे गरि १५ देशले ग्लोबल क्वालिफायर खेल्ने छन् । जसबाट ६ देश विश्कपका लागि छनौट हुने छन् ।
ग्लोबल क्वालिफायरबाट आएका ६ देशले विश्वकपको पहिलो चरणमा श्रीलंका र बंगलादेशसँग सुपर १२ का लागि खेल्ने छन् । जसबाट ४ टिम सुपर १२ मा पुग्ने छन् ।
अहिलेसम्म आयोजक अस्ट्रेलियासहित पाकिस्तान, भारत, दक्षिण अफ्रिका, न्युजील्याण्ड, ईङल्याण्ड, वेस्टइन्डिज र अफगानिस्तान विश्वकपको सुपर १२ मा पुगिसकेका छन् ।
छनौट खेल्ने नेपाली टिम :
१४ सदस्यीय टिममा पारस खड्का (कप्तान), अभिनाश बोहोरा, बसन्त रेग्मी, बिनोद भण्डारी, दिपेन्द्र सिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करन केसी, ललित नारायण राजबंशी, पवन सराफ, प्रदीप ऐरी, रोहित कुमार पौडेल, सन्दीप लामिछाने, शरद भेस्वाकर र सोमपाल कामी, रहेका छन् ।
त्यस्तै वैकल्पिक खेलाडीमा जितेन्द्र कुमार मुखिया, कुशल भुर्तेल, मोहमद आरिफ सेख र सुशन भारी रहेका छन् ।
नेपाली क्रिकेट टिमका म्यानेजर एवं एनालिष्ट रमन शिवाकोटीले उपलब्ध गराएका टिमका अभ्यासका केहि तस्बीरहरु :