• २०८१ बैशाख ८ शनिबार

आइसीसीको नियमको अमिताभ बच्चनले उडाए मजाक !

kharibot

काठमाडौं । भारतमा बलिवुड र क्रिकेट अत्यन्त लोकप्रिय रहेको पाइन्छ । हालै सम्पन्न क्रिकेट विश्वकपको नशा बलिवुड सेलिब्रेटीहरुलाई पनि लागेको फाइनल खेल पछि सजिलै बुझ्न सकिन्छ ।

फाइनल खेलमा इङल्याण्डलाई विजयी बनाउने आइसीसीको नियमको सबै तिरबाट आलोचना भएको छ भने फाइनल खेलमा अम्पाएरले गरेको निर्णय बारेको विवाद अझै सेलाएको छैन ।

यसै बीच बलिवुडका महानायक अमिताभ बच्चनले आइसीसीको नियमको मजाक उडाउदै सामाजिक संजालमा एउटा गजबको स्ट्याटस पोष्ट गरेका छन् ।

अमिताभले भनेका छन् – तपाइँसँग २ हजार रुपैयाँ छ, मसँग पनि २ हजार रुपैयाँ छ । तपाइँ सँग २ हजारको नोट छ तर मसँग ५ सयका चार नोट छन् । अब यस्तोमा को धनि होला ? आइसीसी – जोसँग ५ सयका ४ नोट छ त्यो धनि ।
अमिताभले आइसीसी नियमको यस्तो व्यंग गरेका छन् । 

अमिताभ मात्र होइन इङल्याण्ड जसरी विजयी भयो त्यस बारे न्युजील्याण्डका प्रशिक्षक गेरी स्टीडले यस्तो अवस्थामा दुवै विजेता हुनुपर्थ्यो भन्नेमा जोड दिएका छन् । त्यस्तै कैयौ क्रिकेटर, क्रिकेट विश्लेषकहरुले समेत आइसीसीको यस्तो नियमको आलोचना गर्दै परिवर्तन गर्न जोड दिएका छन् ।                                         
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै