• २०८१ बैशाख ४ मंगलबार

पिएसजीले तोक्यो नेइमारको मुल्य !

kharibot

काठमाडौं । फ्रेन्च क्लब पिएसजीले ब्राजिलियन स्टार खेलाडी नेइमारको बिक्रि मुल्य तोकेको खुलासा भएको छ । 

नेइमारले क्लब छोड्ने बताएपछि क्लबले निमारका लागि २४९ मिलियन अमेरिकी डलर मुल्य तोकेको स्पेनिस मिडिया एएसले उल्लेख गरेको छ । अहिले नेइमारलाई बार्सिलोनाले पुन: भित्र्याउने योजना बनाएको बताइन्छ । केहि साता अघि बार्सिलोनाका अध्यक्षले नेइमारलाई भित्र्याउन सकिने बताए पनि पिएसजी बेच्न तयार नभएको बताएका थिए ।

मिडिया रिपोर्टका अनुसार पिएसजीले नेइमारका लागि बार्सिलोनाले प्रस्ताव गरिएका भनिएका फिलिप कोटीन्हो र उसमान डेम्बेलेलाई भने अस्विकार गरेको बताइएको छ । पिएसजीले नेइमारलाई किन्ने सबै रकम नगद नै हुनुपर्ने बताएको एएसको रिपोर्टमा उल्लेख छ ।

पिएसजीको यस्तो अफर बार्सिलोनाले कोटीन्हो र डेम्बेलेलाई दिएर ४५ मिलियन डलर दिने प्रस्ताव राखेपछि आएको बताइएको छ ।

नेइमार  २०१७ मा पिएसजी जाँदा पनि २४९ मिलियन डलरमा नै बार्सिलोना छोडेका थिए । त्यसैले त्यो भन्दा कम रकममा पिएसजीले नेइमारलाई नदिने प्रस्ताव अगाडी ल्याएको छ ।

ढिलो गरि सोमबार मात्र पेरिस पुगेका नेइमारले पिएसजी व्यवस्थापनलाई आफुले क्लब छोड्न चाहेको बताए पछि पिएसजीले बार्सिलोनाको अफरको जवाफ दिएको हो । 
                                       
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै