• २०८१ बैशाख ८ शनिबार

सर्वोच्चद्वारा विषादी परीक्षण नरोक्न सरकारलाई आदेश

kharibot

काठमाडौँ । सर्वोच्च अदालतले सिमाक्षेत्रमा विषादी परीक्षण गर्ने निर्णयलाई स्थगित नगर्न सरकारलाई आदेश दिएको छ ।

भारतबाट ल्याइने फलफूल तथा तरकारीमा विषादी परीक्षण तत्कालका लागि कार्यान्वयन नगर्ने सरकारको निर्णयविरुद्ध यसअघि जारी अन्तरिम आदेशले निरन्तरता पाएको हो ।

न्यायाधीशद्वय हरिकृष्ण कार्की र बमकुमार श्रेष्ठको इजलासले अन्तरिम आदेशलाई निरन्तरता दिएको हो ।

यो आदेशले विषादीपरीक्षण पुन:सञ्चालन गर्नुपर्ने भएको छ । गत असार १८ गते सीमा क्षेत्रमा विषादी परीक्षण रोक्नेविरुद्ध सर्वोच्चले अन्तरिम आदेश दिएको थियो ।

अधिवक्ता कञ्चनकृष्ण न्यौपानेसहित स्वागत नेपाल र उपभोक्ता हित संरक्षण मञ्चको छुट्टाछुट्टै निवेदनको सुनुवाई गर्दै सर्वोच्चले उक्त आदेश दिएको थियो । यसका साथै अदालतलेगुणस्तरीय सेवा तथा वस्तुको अधिकारका साथै खाद्य, स्वास्थ्य र सुरक्षित मातृत्वको अधिकारसमेत यो निवेदनसँग सरोकार राख्ने प्रकृतिको रहेको भनेको थियो ।

हानिकारक रसायनिक अनि अखाद्य पदार्थ नियन्त्रणका बारेमा असार २ गतेको राजपत्रको सूचना जारी भएकोमा दुई सातापछि त्यसलाई रोक्ने गरिएको निर्णयका बारेमा प्रश्न उठेको थियो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै