• २०८१ बैशाख १३ बिहीबार

नेकपाको एकता प्रक्रिया टुंगियो, राजनीतिक प्रतिवेदन प्रकाशित हुदै  

kharibot

फाइल तस्बीर

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको एकता प्रक्रिया टुंगिएको छ । 

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताबीच एकता प्रक्रिया टुंग्याउन ४ घण्टा लामो छलफल भएको थियो । छलफलबाट राजनीतिक प्रतिवेदन पारित भएर प्रकाशनार्थ पठाइएको छ । 

नेकपाका महासचिव विष्णु पौडेलले एकता प्रक्रियाका सम्पूर्ण गृहकार्य सम्पन्न भएको बताए ।

‘एकताको गृहकार्य हार्दिकताका साथ सम्पन्न भएको छ’, बालुवाटारमा शीर्ष नेताको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महासचिव पौडेलले भने, ‘गृहकार्यको निष्कर्ष छिट्टै बस्ने सचिवालय बैठकमा प्रस्तुत हुन्छ। निर्णय गरेर कार्यान्वयनमा जान्छ । सम्पूर्ण विषयमा गृहकार्य सकिएको छ ।’ 

केन्द्रीय निकाय तथा विभाग तथा जनवर्गीय संगठनको कार्यविभाजनका विषयमा पनि गृहकार्य टुंग्याएको महासचिव पौडेलले बताए ।

उनले एकताअन्तर्गत सम्पूर्ण नेता कार्यकर्तालाई उपयुक्त जिम्मेवारी प्रदान गरिने निर्णय समेत भएको बताए । यसको विस्तृत विवरण आउँदो सचिवालय बैठकपछि सार्वजनिक गरिने उनको भनाई छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै