• २०८१ बैशाख ८ शनिबार

श्रीलंकाविरुद्ध खेल्ने बंगलादेश टिमको घोषणा, शकिबलाई आराम

kharibot

काठमाडौँ । विश्वकपमा सेमिफाइनलमा नपुगी बाहिरिएको बंगलादेश क्रिकेट टिमले श्रीलंकासँग एकदिवसीय सिरिज खेल्ने भएको छ ।

जुलाई २६ देखि शुरु हुने एकदिवसीय सिरिजका लागि बंगलादेश क्रिकेट बोर्डले १४ सदस्यीय टिमको घोषणा गरेको छ ।

श्रीलंकसँग खेल्ने टिममा विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका शकिब अल हसनलाई आराम दिइएको छ । त्यस्तै अर्का खेलाडी लिटन दासलाई पनि आराम दिइएको बंगलादेश क्रिकेट बोर्डले जनाएको छ । त्यस्तै विश्वकप खेल्ने टिममा रहेका अबु जायेदलाई भने ड्रप गरिएको छ ।

बंगलादेशको टिममा दुई खेलाडी अनामुल हक र तैजुल इस्लामलाई टिममा समावेश गरिएको छ । हक एक बर्ष अगाडी वेस्टइन्डिजविरुद्ध आफ्नो अन्तिम एकदिवसीय खेल खेलेका थिए भने लेफ्ट आर्म स्पिनर तैजुलले सन् २०१६ पछि पहिलो पटक टिममा मौका पाएका छन् ।

त्यस्तै मशरफे मोर्ताजाले सन्यास लिने हल्लाका बीच फेरी टिममा समावेश भएका छन् भने विश्वकपक क्रममा घाइते भएका मुशफिकुर रहिम, मह्मुदुल्लाह र मोहमद सैफुद्धीन पनि श्रीलंकाविरुद्ध खेल्न फिट देखिएका छन् ।

विश्वकपमा लिग चरणमा बाहिरिएको बंगलादेश अंक तालिकामा आठौ स्थानमा रहदै विश्वकप टुंगाएको थियो । विश्वकपपछि बंगलादेशले आफ्ना प्रमुख प्रशिक्षक स्टिभ रोड्सलाई बर्खास्त गरेको थियो । अहिले बोर्डका निर्देशक खालेद महमुदले अन्तरिम प्रशिक्षकको भूमिका निभाउने बताइएको छ ।

बंगलादेशको टिम : मुशरफे मोर्ताजा (कप्तान), तामिम इकवाल, सौम्य सरकार,  अनामुल हक,मुशफिकुर रहिम, मह्मुदुल्लाह, मोसद्देक होसैन, सब्बिर रहमान, मोहमद मिथुन, मेहिदी हसन, तैजुल इस्लाम, मुस्ताफिजुर रहमान, रुबेल होसैन र मुहम्मद सैफुद्धीन ।

श्रीलंका टुरमा बंगलादेशले २६ जुलाई, २८ जुलाई र ३१ जुलाईमा गरी तीन एकदिवसीय खेल खेल्ने छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै