• २०८१ बैशाख ८ शनिबार

बेन स्टोक्सका माता पिताको संकट – छोराको जितमा खुशी हुनेकी देशको हारमा दुखि !

kharibot

काठमाडौँ । विश्वकप क्रिकेट सकिएपछि पनि यस बारेका चर्चा परिचर्चा अझै सकिएका छैनन् ।

फाइनलमा अम्पाएरको निर्णयको विवाद, इङल्याण्डलाई विजयी बनाउने आइसीसीको नियमका बारेमा अनेकौ टिप्पणी भैरहेका बेल फाइनल खेलका प्लेयर अफ द म्याच बेन स्टोकका बारेमा समेत अनेक चर्चा भइरहेका छन् ।

बेन स्टोक्सको जन्म न्युजील्याण्डको क्राइष्टचर्चमा भएको थियो । उनी सपरिवार १३ बर्षको उमेरमा इङल्याण्डमा र क्रिकेट खेल्न सुरु गरे । उनका पिता जेरार्ड स्टोक्स न्युजील्याण्डको रग्वी टिमका समेत सदस्य थिए ।

बेनका पिता केहि बर्ष इङल्याण्ड बसेर आफ्नै देश न्युजील्याण्ड फर्किए भने बेन स्टोक्स इङल्याण्डमै स्थायी रुपमा बसेर आफ्नो क्रिकेट क्यारियर बनाए ।

विश्वकप फाइनल खेलमा पिताले न्युजील्याण्डको जितको कामना गरिरहेका थिए भने छोराले इङल्याण्डलाई जिताउने प्रयास गरिरहेका थिए । यसको उल्लेख फाइनल खेलको कमेन्ट्री गरिरहेका इङल्याण्डका पुर्व कप्तान नासीर हुसैनले पटक पटक गरेका थिए ।

न्युजील्याण्डको अनलाइन पत्रीका स्टफ (Stuff) ले बेनका पिता जेरार्डसँग कुरा गर्दै उनलाई न्युजील्याण्डमा सबै भन्दा घृणा गरिने पिताको संज्ञा पाएको उल्लेख गरेको छ । विश्वकप पछि जेरार्डले आफु न्युजील्याण्डले उपाधि नजितेकोमा दुखि भएको प्रतिक्रिया दिएका छन् ।

उनले बेनका लागि आफु खुशी भएको भएपनि अहिले पनि आफु न्युजील्याण्डको समर्थक रहेको र राम्रो खेलेर पनि उपाधि जित्न नसक्नु दुखद भएको बताएका छन् ।

बेनकी आमाले २००३ देखि नै बेन इङल्याण्डमा बसेको र अहिले उसको मन न्युजील्याण्डसँग नजिक भएपनि उसले इङल्याण्डको लागि खेलेर आफुलाई उत्कृष्ट बनाएको बताएकी छन् ।

पिता जेरार्डले विश्वकप पछि आफुलाई कैयौ फोन आएको र मानिसहरुले गाली समेत गरेको बताए । उनले भने, म अहिले न्युजील्याण्डमा सबै भन्दा घृणित पिता बन्न पुगेको छु ।'

उनले आफुलाई भेट्ने केहि मानिसहरुले समेत गुनासो गर्ने गरेको बताए । आफु छोराको सफलताबाट खुशी भएपनि देशका लागि दुखि भएको प्रतिक्रिया दिएका छन् ।   

बेन स्टोक्सले यस विश्वकपमा फाइनलमा अविजित ८४ रन बनाएका थिए भने ११ खेलका १० पारीमा ६६.४२ को औसतले ४६५ रन बनाएका थिए । जसमा उनका ५ अर्धशतक सामेल छन् ।                                                                                      
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै