• २०८१ बैशाख १४ शुक्रबार

हिमालयन बैंक लिमिटेडद्वारा टिच फर नेपाललाई आर्थिक सहयोग 

kharibot

काठमाडौँ । हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने सिलसिलामा टिच फर नेपाललाई ग्रामिण क्षेत्रका समुदायिक-सरकारी विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई विभिन्न विषयहरुको गुणस्तरीय शिक्षा प्रदान गर्न स्वयंसेवक शिक्षक पठाउन पाँच लाखबराबरको आर्थिक सहायता प्रदान गरेको छ । 

एक दिन नेपालका सबै विद्यार्थीहरुले गुणस्तरीय शिक्षा प्राप्त गर्नेछन्” भन्ने मुल मन्त्रका साथ अगाडी बढेको टिच फर नेपाल संस्थाले हालसम्म विभिन्न ६ जिल्लाका ६७ वटा विद्यालयमा २ सय ७० जना स्वयंसेवक शिक्षकहरु पठाई ३० हजारभन्दा बढि विद्यार्थीहरुलाई विज्ञान, गणित, अंग्रेजी लगायतका विषयहरु पढाएको छ ।

बैंकका तर्फवाट बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशम्सेर राणाले उक्त सहयोग रकम टिच फर नेपालका प्रमुख कार्यकारी अधिकृत शिशिर खनाललाई हस्तान्तरण गरेका छन् ।

हिमालयन बैंकले आफ्नो स्थापनाकाल देखिनै अनाथालय, बृद्धाश्रम, सांस्कृतिक सम्पदा संरक्षण, शिक्षा, स्वास्थ्य, प्राकृतिक विपत्ति भोगेकाहरुका लागि, चेतना मुलक कार्यक्रमहरु आदिमा समय समयमा विभिन्न किसिमका सहयोग र राहत सामाग्रीहरु उपलब्ध गराउँदै आएको छ । 

हाल बैंकको शाखा संख्या ५९ वटा, एटिएम संख्या १ सय २१ तथा २६ सयभन्दा बढि कार्ड मर्चेन्टहरु र विप्रेषण भुक्तानी काउन्टर १३ हजार ५ सयभन्दा बढी रहेको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै