• २०८१ बैशाख ८ शनिबार

बेलिब्रिज निर्माण शुरु

kharibot

फाइल तस्विर । 

महोत्तरी / गत शुक्रबार मध्यरातमा भीषण वर्षासँगै आएको बाढीले पूर्व पश्चिम राजमार्गअन्तर्गत महोत्तरीको बर्दिबासमा रहेको भब्सी खोलाको पुल बगाएकामा सो पुलमाथि बेलिब्रिज निर्माण कार्य शुरु भएको छ ।

राजधानीबाट सोमबार नै बेलिब्रिज निर्माणका लागि आवश्यक उपकरणहरु महोत्तरी आइपुगेकामा आजदेखि भब्सी खोलामाथि बेलिब्रिज निर्माण कार्य शुरु भएको महोत्तरीका प्रजिअ उमेशकुमार ढकालले बताए । भब्सी पुल बगाएपछि पूर्व पश्चिम राजमार्गमा चल्ने गाडीहरु महोत्तरीको गौशाला, माईस्थान, औरही, लक्ष्मिनियाँ लगायतका थप २०÷२५ किलोमिटर वैकल्पिक बाटो भएर गन्तव्यतिर जाने गरेका छन् ।

दैनिक पाँच हजारभन्दा बढी सवारी तथा मालवाहक साधन आवतजावत हुने सो पुल बाढीले बगाएपछि पूर्व पश्चिम राजमार्गमा चल्ने यात्रुहरुलाई निक्कै सास्ती बेहोर्नुपरेको छ । दुई दर्जन सडक अवरुद्ध भीषण बाढीका कारण महोत्तरी जिल्लाका दुई दर्जन सडक सञ्जाल अवरुद्ध भएका छन् ।

जिल्ला प्रशासन कार्यालय महोत्तरीका अनुसार अविरल वर्षासँगै आएको बाढीले जिल्लाको ४२ वटा सडक सञ्जालमध्ये २४ वटा सडक सञ्जाल क्षतिग्रस्त भई अवरुद्ध भएको प्रजिअ ढकालले बताए । तराई मधेशको लाइफलाइन भनिएको हुलाकी सडक, जलेश्वर–जनकपुर सडक, जलेश्वर–सम्सी सडक, जलेश्वर–भ्रमरपुरा हुँदै जनकपुर जोड्ने सडक, जलेश्वर–मटिहानी सडक, जलेश्वर–रौजा सडकलगायत जिल्लाको प्रमुख सडकसहित दुई दर्जन सडक बाढीले गर्दा अवरुद्ध भएका छन् ।

प्रजिअ ढकालले क्षतिग्रस्त सडकहरु आउँदो पाँच दिनभित्र पूर्णरुपेन मर्मत भई सञ्चालन भइसक्ने बताए  । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै