• २०८१ बैशाख ७ शुक्रबार

चीनले बनायो कपालभन्दा पातलो इलेक्ट्रोनिक चिप 

kharibot

चीन । डिभाइसहरु सानो हुनुका कारण त्यसमा प्रयोग गरिने चिपको आकार पनि हाल घट्दो क्रममा छ । विश्व प्रविधि अब अझै एक पाइला अघि बढेको छ । 

चीनका एक अनुसन्धाताले कपालभन्दा पातलो दुईओटा अल्ट्रा थिन चिप डेभलप गरेका छन् । यो चिप निकै फ्लेक्जिबल छ र मोडिँदा पनि बिग्रिँदैन । 

मोडिन सक्ने यो चिपको मोटाइ केवल २५ माइक्रोमिटर छ । यो मानिसको कपालको मोटाइको ६ भागको एक भाग हो । यी दुई चिपले एनालग सिग्नललाई एम्प्लिफाइ गर्नुका साथै प्रोसेसरलाई ब्लुटुथ वायरलेस कम्युनिकेशन फंक्सनको लागि इन्टिग्रेट पनि गर्छ । 

इन्टरनेट अफ थिङ्स (५जी) मा प्रयोग हुने 

फ्लेक्जिबल इलेक्ट्रोनिक्स टेक्नोलोजीमा अर्गानिक र इनअर्गानिक मेटरियलको सहायताले बाङ्गिन सक्ने र बलियो चिप तयार गरिएको हो । यी चिपको प्रयोग सञ्चार, स्वास्थ्यसम्बन्धी उपकरण, इन्टेलिजेन्ट म्यानुफ्याक्चरिङ र इन्टरनेट अफ थिङ्स (५जी) मा गर्न सकिने बताइएको छ । अनुसन्धाता तथा निर्माता समूहका प्रमुख फेङ ह्युले स्थानीय समाचार एजेन्सीलाई यो जानकारी दिएका हुन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै