• २०८१ बैशाख १२ बुधबार

अभिनेता ऋषि कपुर क्यान्सर मुक्त, छिट्टै भारत फर्किने

kharibot

मुम्बई । हाल अमेरिकामा क्यान्सर रोगको उपचार गराइरहेका बलिवुड अभिनेता ऋषि कपुरले छिट्टै भारत फर्किने बताएका छन् । हालै दिएको एक अन्तर्वार्ताका क्रममा ऋषि कपुरले आफु अब क्यान्सरबाट मुक्त भएको बताएका छन् । 

मुम्बई मिररलाई दिइएको एक अन्तर्वार्तामा ऋषि कपुरले भनेका छन्, 'सबैलाई बताउन चाहन्छु कि म अब क्यान्सर मुक्त भएको छु । केहि साता मै भारत फर्किने छु ।'

उपचारको क्रमको अनुभाव बताउदै ऋषि कपुरले चार महिनामा २६ किलो वजन घटेको र यस क्रममा आफुलाई भोक नलागेको बताएका छन् । अहिले भने विस्तारै वजन बढ्न थालेको बताउदै उनले अझै कम्तिमा ६ साता उपचार हुने बताएका छन् ।

उनले क्यान्सरबाट पुर्णरुपमा मुक्त भए पनि आफु अझै डाक्टरको निगरानीमा रहेको बताउदै सबै कुरा ठिक गरेकोमा भगवानलाई धन्यवाद दिएका छन् ।

अबको केहि सातामा आफु ठिक हुने, फिल्म हेर्न सक्ने, खान सक्ने र घुम्न सक्ने भन्दै उनले आफ्नो जीवन फेरी नर्मल हुने आशा व्यक्त गरेका छन् । आफुले भारत फर्किने दिन गनिरहेको भन्दै आफ्नो घरको निकै याद आएको बताएका छन् ।                  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै