• २०८१ बैशाख ८ शनिबार

विश्वकप फुटबल छनौटको ड्र सार्वजनिक, नेपाल कठिन समुहमा

kharibot

काठमाडौं । सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबलको दोस्रो चरणको छनोटको ड्र सार्वजनिक गरिएको छ 

एसियन फुटबल फेडेरेसनले मलेसियामा बुधबार सार्वजनिक गरेको ‘ड्र’ मा नेपालसँगै समूह ‘बी’मा कुबेत, चाइनिज ताइपेई, जोर्डन र अष्ट्रेलिया परेका छन् ।

एसियाका उत्कृष्ट ३४ वरियताका टिम र ३५ देखि ४६ सम्म वरियताका १२ देशले पहिलो राउण्ड खेलेर जितेका ६ देश गरि कुल ४० देशलाई आठ समूहमा विभाजन गरिएको छ । एसियाली राष्ट्रमा फिफा बरियताको शीर्ष ३४ भित्र पर्दै नेपालले विश्वकप छनोटको दोस्रो चरण खेल्न लागेको हो ।

त्यस्तै समुह ए मा चीन, सिरिया, फिलिपिन्स, माल्दिभ्स र गुआम छन् भने समुह सीमा इरान, इराक, बहराइन, हङकङ र कम्बोडिया रहेका छन् । त्यस्तै समूह डि मा साउदी अरेबिया, उज्बेकिस्तान, प्यालेस्टाइन, यमन र सिंगापुर रहेका छन् । त्यसै गरि समुह इ मा कतार, ओमान, भारत, अफगानिस्तान र बंगलादेश रहेका छन् ।

त्यस्तै समुह एफ मा जापान, किर्गिस्तान, ताजिकिस्तान, म्यान्मार र मंगोलिया रहेका छन् भने समुह जी मा युएई, भियतनाम, थाइल्याण्ड, मलेसिया र इन्डोनेसिया रहेका छन् । त्यस्तै समुह एच मा दक्षिण कोरिया, लेबनान उत्तर कोरिया, टर्कमेनिस्तान र श्रीलंका रहेका छन् ।

डबल राउन्ड रोबिनको आधारमा हुने विश्वकप छनोटको दोस्रो राउण्ड होम एण्ड अवे गरी खेल्नेछन् । पहिलो चरणको खेल आगामी सेप्टेम्बर ५ देखि सुरु हुदै छन् ।

आठ समूह विजेता र ४ उत्कृष्ट उपविजेता गरी १२ टिम विश्वकप छनोटको अन्तिम चरणमा पुग्नेछन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै