• २०८१ बैशाख ७ शुक्रबार

पाकिस्तानका प्रमुख छनौटकर्ता इन्जमाम उल हकद्वारा राजीनामा 

kharibot

काठमाडौं  । पाकिस्तान क्रिकेट बोर्डका प्रमुख छनौटकर्ता इन्जमाम उल हकले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

इन्जमामले बुधबार पाकिस्तान क्रिकेटको प्रमुख छनौटकर्ताबाट राजीनामा दिने घोषणा गरेका हुन् ।

उनको कार्यकाल यहि जुलाई ३० मा सकिन केहि दिन अघि मात्र इन्जमामले राजीनामा दिएका छन् । ४९ बर्षिय इन्जमाम सन् २०१६ अप्रिलदेखि पाकिस्तान क्रिकेट टिमको प्रमुख छनौटकर्ताको रुपमा कार्यरत थिए ।

विश्वकपमा पाकिस्तान लिग चरणबाट बाहिरिएपछि राम्रो टिम नछानेको भन्दै इन्जमाम को कडा आलोचना भएको थियो । राजीनामा दिदै इन्जमामले तीन बर्षको आफ्नो कार्यकालपछि आफुले फेरी यो पदमा नबस्ने निर्णय गरेको भन्दै राजीनामाको घोषणा गरेका थिए ।

उनले आइसीसी टेस्ट च्याम्पियनसिप, २०२० मा टी-२० विश्वकप र २०२३ को एकदिवसीय विश्वकपलाई ध्यानमा राख्दै पाकिस्तान क्रिकेट बोर्डले नयाँ छनौट समिति बनाउनुपर्ने बताएका छन् ।

इन्जमामको कार्यकालमा उनले गरेका केहि निर्णय निकै आलोचित बनेका थिए । यद्यपि टिमका प्रमुख सदस्य मिस्बाह उलहक र युनिस खानले २०१७ मा सन्यास लिएपछि टिममा युवा र अनुभवी खेलाडीको समिश्रण बनाएको दाबि गरेका छन् ।

विश्वकपमा पाकिस्तानले खेलेका लिगका ९ मध्ये ८ खेलमा ५ खेल जितेको थियो भने एक खेल बर्षाले रद्ध भएको थियो । कुल ११ अंक हासिल गरेको पाकिस्तान नेट रनरेटमा न्युजील्याण्डसँग पछि पर्दै सेमिफाइनलमा पुग्न असफल भएको थियो ।

साथै विश्वकपमा आफ्नो चिरपरिचित प्रतिद्वन्दी भारतसँग पराजित भएपछि पाकिस्तान टिमको ठुलो आलोचना भएको थियो ।
                                    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै