• २०८१ बैशाख ८ शनिबार

सुरक्षित छैन फेसएप, चोरिदै छ तपाइको निजी सूचना !

kharibot

काठमाडौँ । अहिले सामाजिक संजालहरुमा फेसएप प्रयोग गरेर आफ्नो बृद्ध अवस्थाको तस्वीर पोष्ट गर्ने ट्रेन्ड नै चलेको छ । केहिदिन देखि उच्च ट्रेन्डमा रहेको फेसएपको प्रयोगले आफ्ना निजी सूचना भने सुरक्षित नहुने खुलासा भएको छ ।

२०१७ मा बनाइएको यो एपले आर्टिफिसियल इन्टेलिजेन्सको माध्यमबाट केहि सेकेन्डमै तस्बिरलाई बृद्ध अवस्थाको बनाइदिने हुनाले अहिले सेलिब्रेटी देखि सामाजिक संजाल चलाउने धेरै जसोले आफ्नो तस्बीर रमाइलो मानेर पोस्ट गरेको देखिन्छ ।

तर यहि साता यस एपको बारेमा आएको एक ट्वीटले भने इन्टरनेटमा खलबली नै मछ्याएको छ । जोउशा नोज्जीले गरेको ट्वीटमा फेसएपले बिना अनुमति नै मोबाइलमा रहेका सबै तस्बीरमा आफ्नो पहुँच बनाउने र ति सबै तस्बीर केहि सेकेन्ड मै आफ्नो सर्भरमा तान्ने उल्लेख गरिएको छ । यस एपको निर्माता एक रसियन कम्पनी भएको समेत खुलासा भएको छ ।

चर्चित म्यागजिन फोर्ब्समा थोमस ब्रेवेष्टरले यस विषयमा रिपोर्ट लेख्दै फेएप असुरक्षित रहेको र यसले व्यक्तिका निजि सूचना लागेको उल्लेख गरेका छन् । अनुसन्धानका क्रममा फेस एपक ओसर्भर अमेरिका र अस्ट्रेलियामा भएपनि रसियाबाट सजिलै सम्पूर्ण सूचनामा कन्ट्रोल गरिएको पाइएको रिपोर्टमा उल्लेख गरिएको छ ।

एक पटक एप डाउनलोड गरेपछि यसले लोकेसन देखि सबै गतिबिधि नियाल्न सक्ने हुदा एपमार्फत यस्ता सूचना संकलन भैरहेको आशंका गरिएको छ । प्रविधि विश्लेषक हरुले यस एपले लिने सूचनाका बारेमा थप अनुसन्धान गरिरहेको बताइएको छ ।

साथै उनीहरुले फेसएप अहिलेलाई डिलिट गर्न या प्रयोग गरे पनि उसलाई के का लागि अनुमति दिने हो, प्राइभेसी सेटिंगमा गएर त्यो मात्र दिन सल्लाह दिएका छन् ।      
                
 
                              
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै