• २०८१ बैशाख १३ बिहीबार

पोखरामा ‘पेनगन’सहित एक पक्राउ 

kharibot

फाइल तस्बीर

पोखरा । एक लागुपदार्थ प्रयोगकर्तालाई ‘पेनगन’सहित आज सार्वजनिक गरिएको छ ।

पोखरा महानगरपालिका–२४ कास्कीकोट स्थायी घर भई हाल वडा नं– ७ को मासबारमा बस्दै आएका २४ वर्षीय सागर रानाभाटबाट बरामद गरिएका सात थान गोलीसहित पेनगन र लागुपदार्थ आज आयोजित पत्रकार सम्मेलनमा प्रहरीले सार्वजनिक गरेको छ । 

पोखरामा पेनगनसहित पहिलोपटक एकजना पक्राउ परेका छन् । सामान्यतया कलम आकारको ‘पेनगन’ टुप्पोपट्टिको भाग लेख्न मिल्ने देखिने भए पनि सो भागमा गोली अड्काउने गरी राखिन्छ ।

यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक दानबहादुर कार्कीले रानाभाटले लागुपदार्थ सेवन, ओसारपसार र बिक्री वितरण तथा हतियारसमेत बोकी हिँड्ने गरेको सूचनाका आधारमा अनुसन्धानपश्चात निजको डेराको खानतलासी गर्दा लागुपदार्थसहित पेनगन बरामद गरिएको हो ।

उनको डेराबाट ६० थान फेनारगन, ६० थान ब्रुप्रिनर्फिन, ६० थान डाइजापाम, १५ चक्की नाइट्रोसन, १० थान राहदानी र सात थान नागरिकता बरामद गरिएको प्रहरीले जनाएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै