• २०८१ बैशाख ७ शुक्रबार

जासन रोयको टेस्ट टिममा डेभ्यु, विश्वकपको प्रदर्शनको मिल्यो पुरस्कार !

kharibot

काठमाडौँ । इङल्याण्डलाई ४४ बर्षको विश्वकपको इतिहासमा पहिलो विश्वकप जिताउन महत्वपूर्ण भूमिका खेलेका ओपनर जासन रोयले टेस्ट टिममा डेभ्यु गर्ने भएका छन् ।

आयरल्याण्डविरुद्ध इङल्याण्डको एक टेस्ट खेलका लागि रोयलाई डेभ्यु गर्ने अवसर दिइएको छ । इङल्याण्ड क्रिकेट बोर्डले सार्वजनिक गरेको १३ सदस्यीय खेलाडीमा रोयले विश्वकामा गरेको उत्कृष्ट प्रदर्शनको पुरस्कारको रुपमा लिइएको छ ।

रोयले विश्वकपमा ८ खेलका ७ पारीमा एक शतक र ४ अर्धशतकसहित ४४३ रन बनाएका थिए ।

त्यस्तै ओले स्टोन र लेविस ग्रेगोरीले पनि टेस्ट टिममा डेभ्यु गरेका छन् । २४ जुलाईबाट लर्ड्स मैदानमा हुने यस टेस्ट खेलमा तिब्र गतिका बलर मार्क वुड र जोफ्रा आर्चर भने परेका छैनन् । दुवै विश्वकप खेलका क्रममा मांसपेशीमा समस्या आएकोले उनीहरुलाई आराम दिइएको छ । साथै आक्रामक विकेटकिपर ब्याट्सम्यान जस बटलर र अलराउन्डर बेन स्टोक्सलाई भने यस खेलमा आराम दिइएको छ ।

आयरल्याण्डविरुद्ध खेल्ने इङल्याण्डको टीम : जोय रूट (कप्तान), मोइन अली, जेम्स एंडरसन, जोनी बैरस्टोव, स्टुअर्ट ब्रॉड, रोरी बर्न्स, साम कुरान, जो डेनली, लुईस ग्रेगरी, ज्याक लीच, जासन रोय, अलि स्टोन र  क्रिस वोक्स ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै