• २०८१ बैशाख १३ बिहीबार

बुटवल-बेलहिया सडकखण्डका ५ बुद्ध मुर्ति तोडफोड

kharibot

रुपन्देही । रुपन्देहीको बुटवल-बेलहिया सडकखण्डको तिलोत्तमा नगरपालिकाको ६ लेन सडकको मध्य भागमा राखिएका बुद्धका मुर्ती तोडफोड भएका छन् ।

गएराती तिलोत्तमा नगरपालिकाको लगानीमा बुटवल बेहलहिया सडक खण्ड अन्तरगत तिलोत्तमा नगरपालिकाको योगिकुटीदेखि मंगलापुरसम्म का ५ बुद्धका मुर्ति तोडफोड भएका छन् ।

सडकको मेडिएनमा राखिएका बुद्धमर्ती मध्ये गएराती शंकरनगरचोक देखि नयाँ मिलसम्मका ५ वटा मुर्ति क्षतबिक्षत हुने गरी फुटाइएको छ ।

उक्त मुर्तिहरु कसले किन फुटाल्यो भन्ने अहिलेसम्म खुलेको छैन । प्रहरीले घटनाको अहिले अनुसन्धान भइरहेको बताएको छ ।

प्रहरीले रातिको समयको घटना भएकाले अहिलेसम्म दोषिलाई पक्राउ गर्न नसकिएको बताइएको । प्रहरीका अनुसार ब्यवसायीक संघसंस्थाले सुरक्षाका हिसाबले जडान गरेका सिसिटिभी फुटेजहरू हेर्ने काम भैरहे पनि तोडफोडमा संलग्नहरूको कुनै पत्तो लाग्न सकेको छैन ।

लुम्बिनीको झल्को दिने गरि गत आर्थिक वर्षमा तिलोत्तमा नगरपालिकाले आफ्नो क्षेत्रमा पर्ने राजमार्गमा २२ वटा बुद्ध मुर्ति स्थापना गरेको थियो । प्रत्येक मुर्तिको तौल नै १ सय १० किलोग्राम रहेको थियो । मूर्ति तोडफोडमा ठुलै समुह सक्रिय रहेको हुनसक्ने स्थानीयको आशंका गरिएको छ ।   

गत वैशाख १ गते प्रदेश ५ सरकारका उद्योग, पर्यटन बन तथा बातावरण मन्त्री लिला गिरीले बुद्धमुर्ति अनावरण गरेका थिए ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै