• २०८१ बैशाख ७ शुक्रबार

इन्टरनेसनल च्याम्पियन्समा बायर्न म्युनिखमाथि आर्सनलको जित

kharibot

काठमाडौँ । नयाँ सिजन सुरु अघि अहिले सबै क्लबहरु प्र-सिजन टुर र प्रशिक्षणमा व्यस्त भएका छन् ।

यसैबीच हाल अमेरिकामा सुरु भएको इन्टरनेसनल च्याम्पियन्स कपमा आर्सनलले विजयी सुरुवात गरेको छ । विहिबार भएको खेलमा आर्सनलले बायर्न म्युनिखलाई २-१ गोल अन्तरले पराजित गरेको छ ।

आर्सनलका लागि  एडी एनकेटिहले एक गोल गरे भने एक गोल बायर्नका लुइस पोजनासिकले आत्मघाती गोल गरेका थिए । त्यस्तै बायर्न म्युनिखका लागि एक गोल रोबेर्ट लेवानडोस्कीले एक गोल गरेका थिए ।

प्रि-सिजन मा जारी यो इन्टरनेसनल च्याम्पियन्स कपमा युरोपका उत्कृष्ट १२ क्लब सहभागी रहेका छन् ।

यस प्रतियोगितामा आर्सनल, बायर्न म्युनिख, फियोरेनटिना, एथलेटिको म्याड्रिड, बायर्न म्युनिख, बेनिफिका, इन्टरमिलान, युभेन्टस, म्यानचेस्टर युनाइटेड, एसी मिलान, रियल म्याड्रिड, टोटनह्याम र गउडालाजारा खेलिरहेका छन् ।
                                                  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै