• २०८१ बैशाख १२ बुधबार

बाढी-पहिरोबाट अहिलेसम्म ९० जनाको मृत्यु, अझै २९ जना बेपता (अपडेट)

kharibot

काठमाडौँ । यही असार २६ गतेदेखि देशका विभिन्न स्थानहरुमा भएको अविरल वर्षा र त्यसबाट सिर्जित विपद्का कारण मुलुकभर हालसम्म ९० जनाको मृत्यु भएको छ ।

राष्ट्रिय आपतकालीन कार्य संचालन केन्द्रको विहिबार बिहान साढे १० बजेसम्मको अपडेट अनुसार विपद्का कारण ३४ जिल्ला बढी प्रभावित भई हालसम्म ९० जनाको मृत्यु भएको, २९ जना बेपत्ता भएका, ४१ जना घाइते भएका र ११ हजार ८ सय ३९ घरपरिवार अस्थायी रुपमा विस्थापित भएको जनाएको छ ।

 त्यस्तै हालसम्म हवाई, जल तथा स्थलमार्गको माध्यमबाट तीन हजार ३ सय ६६ जना व्यक्तिलाई उद्धार गरिएको छ । उद्घार तथा राहत कार्यलाई प्रभावकारी बनाउन सङ्घ, प्रदेश र स्थानीय तहका निकायहरु क्रियाशिल छन् ।

यस कार्यमा जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपालका सुरक्षाकर्मी, जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, रेडक्रसलगायतका सामाजिक तथा मानवीय क्षेत्रमा काम गर्ने सङ्घसंस्थाहरु र स्थानीयवासी परिचालित भएको गृह मन्त्रालयले जनाएको छ ।

जिल्ला अनुसार मृतकको विवरण :

राजमार्ग अवरुद्ध र खुलाउने प्रयास जारी : 

उदयपुर गाईघाट-खोटाङ्ग 
कटारी-ओखलढुङ्गा
जयराम घाट-घुर्मीसम्म
महोत्तरी जनकपुर-जलेश्वर (भाप्सि खोला डाइभर्सन)
सिन्धुली-मध्य पहाडी लोक मार्ग
मेची राजमार्ग
कान्ति लोकपथ (हेटौडा)
बेनी-जोमसोम 
लमजुङ बेसिशहर-चामे सडकखण्ड
कुलेखानी-फाखेल-फर्पिङ्ग
ईन्द्रसरोबर फाखेल-काठमाण्डौ
साघारादेखि सिरहा जाने हुलाकी राजमार्ग 
डुवान प्रभावित जिल्ला सिरहा, महोत्तरी, धनुषा, रौतहटका भित्री बाटाहरु धेरै बन्द छ्न्, क्रमश खुल्दै  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै