तनहुँमा दश हजार पशुको बीमा

खरीबोट

तनहुँ / तनहुँमा साढे १३ करोड मूल्य बराबरको पशुको पशुधन (बीमा) सुरक्षण गरिएको छ । दमौलीस्थित विभिन्न बीमा कम्पनीमार्फत १३ करोड ५२ लाख ९० हजार २०० मूल्य बराबरको १० हजार ७९५ पशुको पशुधन सुरक्षण गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले जनाएको छ ।

सबैभन्दा बढी ६ हजार ९६६ कुखुरा र सबैभन्दा कम ३३८ बङ्गुरको बीमा गरिएको विज्ञ केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिए । बीमा गरिएको कुखुराको बीमित मूल्य  तीन करोड ३९ लाख ९३ हजार २०० र बङ्गुरको बीमित मूल्य  २० लाख २८ हजार रहेको छ । त्यस्तै एक हजार २०२ गाई, ७२३ भैँसी र एक हजार ५६६ बाख्राको बीमा गरिएको छ ।

गाईको बीमित मूल्य  आठ करोड ४१ लाख ४० हजार, भैँसीको बीमित मूल्य  ४३ लाख ३८ हजार र बाख्राको बीमित मूल्य २३ लाख ४९ हजार रहेको विज्ञ केन्द्र प्रमुख डा श्रेष्ठले जानकारी दिए  । गाईका लागि रु १० लाख ५१ हजार, भैँसीका लागि  पाँच लाख ४२ हजार ३००, बाख्राका लागि रु २९ हजार ३६०, बङ्गुरका लागि  २५ हजार ३५० र कुखुराका लागि  ४२ हजार ४१५ कृषकले बेहोरेका छन् । विज्ञ केन्द्रका अनुसार गाईको प्रिमियम शुल्क रु ४२ लाख सात हजार, भैँसीको प्रिमियम शुल्क  २१ लाख ६९ हजार, बाख्राको प्रिमियम शुल्क एक लाख १७ हजार ५००, बङ्गुरको प्रिमियम शुल्क  एक लाख एक हजार ४०० र कुखुराको प्रिमियम शुल्क  एक लाख ६९ हजार ७०० रहेको छ ।

तनहुँमा सगरमाथा, प्रुडेन्सियल र एनएलजी इन्सुरेन्स कम्पनीले पशुको पशुधन सुरक्षण (बीमा) को सुविधा प्रदान गरिरहेको छ । पशुधनको सुरक्षण गरेपछि हुने फाइदाका विषयमा पशुपालक कृषकलाई जानकारी गराउँदै यसतर्फ आकर्षित गरिएको विज्ञ केन्द्रका प्रमुख डा श्रेष्ठले बताए । यद्यपि जिल्लाका कृषकले अझै पनि बीमाबारे जानकारी पाउन नसकेको गुनासो गरेका छन् ।

शुक्लागण्डकी नगरपालिका–७ खुर्सानीबारीका भैँसीपालक कृषक रामकली भण्डारीले आफू बीमाबारे अनभिज्ञ रहेको बताए । उनले सञ्चालन गरेको भैँसी फार्ममा असार १९ गते आगलागी हुँदा ६ भैँसी र तीन वटा खरायो मरेको थियो । “बीमाबारे जानकारी नहुँदा पशुको क्षतिपछि राहत पाउन सकेको छैन”, उनले भने  पशुधन सुरक्षण गरेपछि पशुको मृत्यु भएमा पशुपालक कृषकले क्षतिपूर्ति दाबी गर्न सक्नेछन् ।

त्यसका लागि पशु मरेको १५ दिनभित्र सम्बन्धित स्थानीय सदस्य संस्थामार्फत क्षतिपूर्ति दाबी पत्र भरी दाबी गर्नुपर्ने हुन्छ । क्षतिपूर्ति दाबी गर्दा सम्पूर्ण कागजातहरु संलग्न गरी दाबी गरेमा पोलिसीमा उल्लिखित कर्जा रकमको ८० प्रतिशत रकम (सुरक्षण बराबर) सम्बन्धित पशुपालक कृषकलाई दिनुपर्ने प्रावधान रहेको छ । 

सम्बन्धित समाचार

तनहुँमा भएको छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु

दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँमा आज भएको छुट्टाछुट्टै दुर्घटनामा दुईको मुत्यु भएको छ भने तीन जना घाइते भएका छन् । दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ग९प ४२६५ नंको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै

तनहुँमा घाँटी रेटेर हत्या

दमौली । तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेबजार निवासी ५३ वर्षीय श्यामबहादुर शाहीको सोमबार घाँटी रेटेर हत्या भएको छ । पहिचान नखुलेको व्यक्ति वा समूहले शाहीको घाँटी रेटेर हत्या गरेको हो । शाहीको

तनहुँमा महिला र बालकको शव फेला

दमौली । तनहुँको देवघाट गाउँपालिका–५ भुवनटारस्थित त्रिशूली नदीमा एक महिला र बालकको शव फेला परेको छ । नदी किनारमा शुक्रबार अन्दाजी २५-२६ वर्षीया महिला र छ-सात वर्षको बालकको शव फेला परेको

तनहुँमा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको दमौलीस्थित मादी पुल नजिक गए राति मोटरसाइकल दुर्घटना हँुदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा म्याग्दे गाउँपालिका–१ गुणादी बस्ने २० वर्षीय सुरेन्द्र रसाइली रहेको जिल्ला


z