ब्रह्माण्डमा कसरी फैलियो प्रकाश ? यस्तो छ रहस्य !

खरीबोट

काठमाडौँ । वैज्ञानिकहरुले ब्रह्माण्ड अन्धकार युगबाट निस्केर हालको प्रकाशमान युगमा आइपुग्नुको पछाडि रहेको रहस्यको उद्घाटन गरेका छन् । अमेरिकामा स्थित आयोवा विश्वविद्यालयका अनुसन्धाताहरुले यस रहस्यको उद्घाटन गरेका हुन् ।

उनीहरुका अनुसार आकाशगंगाको भित्र ब्ल्याक होलले यस्तो प्रचण्ड हावा उत्पन्न गर्छ जसले आकाशगंगामा प्वाल पार्ने पदार्थलाई बाहिर निकालिदिन्छ जसका कारण प्रकाश बाहिर निस्किन बाटो मिल्दछ ।

बिग ब्याङ अथवा महाविस्फोटको लगत्तै ब्रह्माण्डमा अँध्यारो छाएको थियो । यो घटनाका कारण कस्मोस अर्थात् हालको ब्रह्माण्डको निर्माण भयो । उक्त समयमा यो निकै तातो थियो र ठूलो मात्रामा ग्यास निस्किरहेको थियो । जसका कारण प्रकाश बाहिर निस्किन पाइरहेको थिएन ।

बिग ब्याङको करीब एक करोड वर्षपछि ब्रह्माण्डको विस्तार हुन सुरु भयो र यो पारदर्शी हुन थाल्यो । त्यसपछि आकाशगंगा ग्रह, तारा र अन्य पदार्थले भरियो जसबाट प्रकाश निस्किन्छ ।

एक अर्को अध्ययनका अनुसार आकाशगंगाको केन्द्रमा रहेको ब्ल्याकहोलले यति तीव्र गतिमा पदार्थलाई बाहिर निकालिरहेको छ कि यसबाट निस्केको पदार्थले वातावरणलाई नै छेडेर प्रकाशलाई बाहिर निकालिरहेको छ जसको कारण आकाशगंगा प्रकाशमान भएको छ ।

अनुसन्धानकर्ताहरु आकाशगंगाको अध्ययन गरेर यो तथ्यको नजिक पुगेका हुन् । हामी बस्ने पृथ्वी अवस्थित रहेको आकाशगंगााट परावैजनी किरण बाहिर निस्किरहेको छ ।

विश्वविद्यालयमा भौतिक एवं अन्तरिक्ष विज्ञान विभागका प्राध्यापक फिली क्यारेटले भने, ‘यो अध्ययनले धेरै चम्किला किरणहरु कहाँबाट आइरहेका छन् भन्ने स्रोतको पत्ता लगाउन धेरै सहयोग गरेको छ । यसले सम्भवतः ब्ल्याकहोलको आकार पनि बढिरहेको संकेत गर्छ ।’

एजेन्सीको सहयोगमा

सम्बन्धित समाचार

ब्रह्माण्डमा कसरी फैलियो प्रकाश ? यस्तो छ रहस्य !

काठमाडौँ । वैज्ञानिकहरुले ब्रह्माण्ड अन्धकार युगबाट निस्केर हालको प्रकाशमान युगमा आइपुग्नुको पछाडि रहेको रहस्यको उद्घाटन गरेका छन् । अमेरिकामा स्थित आयोवा विश्वविद्यालयका अनुसन्धाताहरुले यस रहस्यको उद्घाटन गरेका हुन् । उनीहरुका अनुसार आकाशगंगाको

के ब्रह्माण्ड अदृश्य शक्तिले चलाइरहेको छ ?

करीब १० हजार ग्यालेक्सीको समग्र क्षेत्रको तस्वीरलाई हबल अल्ट्रा डीप फिल्ड भनिन्छ ।  तस्वीरमा रहेका ग्यालेक्सीहरु विभिन्न प्रकारका आकार, उमेर र रङका छन् । करीब १०० ओटा साना राता ग्यालेक्सी अहिलेसम्म

नासाको नयाँ टेलिस्कोपले ब्रह्माण्डको उत्पत्तिबारे अन्वेषण गर्ने

काठमाडौँ ।  नासाले सन् २०२३ मा ब्रह्माण्डको उत्पत्तिको बारेमा अध्ययन गर्नका लागि एउटा नयाँ स्पेस टेलिस्कोप लन्च गर्ने भएको । यस टेलिस्कोपले ब्रह्माण्डको उत्पत्तिपछिका सुरुवाती दिनहरू कस्ता रहे भन्नेबारेमा पनि

ब्रह्माण्डमा हामी एक्लै छौँ त ? नासाले ‘टेक्नोसिग्नेचर’ पहिचान गरी ‘एलियन लाइफ’ खोज्ने !

अमेरिका । अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था (नासा)ले एलियन लाइफ (अर्कै ग्रहमा भएको हुनसक्ने मानिसजस्तै जीव) खोज्न नयाँ तरिका अपनाउने भएको छ । अन्य ग्रहमा पृथ्वीका मानिसभन्दा सभ्यताको विकासका दृष्टिले उच्चस्तरीय सभ्यतामा


z