कुशे गाउँपालिकामा डिजिटल प्राविधिबाट काम शुरु

खरीबोट

जाजरकोट / कुशे गाउँपालिकाले दर्ता, चलानी र अन्य अभिलेखका कामहरु सबै कम्प्यूटर प्रणालीबाट शुरु गरेको छ । कम्प्यूटर प्रणालीबाट कार्यालयका सबै कामहरु गरिने यो गाउँपालिकाका सम्भवतः जिल्लामै पहिलो हो ।

चालू आर्थिक वर्षको साउन १ गतेदेखि लागू भएको अनलाइन तथा डिजिटल प्रविधिको माध्यमबाट दर्ता चलानी तथा योजना व्यवस्थापनका सबै काम सफ्टवेयरमार्फत शुरु गरेको दर्ता चलानी शाखा तथा कृषि प्राविधिक धिरेन्द्र बस्नेतले जानकारी दिए ।

सूचना दर्ताहरु, जिन्सी व्यवस्थापन, सम्पत्ति कर व्यवस्थापन, अनलाइनबाट शुरु गरिएको उनले बताए । यो प्रर्णाली लागू गरेसँगै दर्ता भएको निवेदन तथा चिट्ठीपत्र हराउने झञ्झटबाट मुक्त हुनाका साथै सजिलैसँग रेकर्ड हेर्न सकिने अपेक्षा लिइएको छ ।

सबै कुशे गाउँपालिकाले मोबाइल एप्स तथा फेसबुक पेज, ट्विटर र युट्युब च्यानल यसअघि नै सञ्चालन गरिसकेको सूचना तथा प्रविधि अधिकृत प्रकाश शाहीले बताए  । 

सम्बन्धित समाचार

जाजरकोट बारेकोट, स्वर्गजस्तै साइक्वारी !

जाजरकोट । सधै गरीब र अशिक्षा र रोगले ग्रसित भनेर आरोप लाग्ने जाजरकोटमा पछिल्लो समयमा परिचय बदलिन थालेको छ । जिल्लाको बारेकोट गाउँपालिका–४ साइक्वारीस्थित दर्जन ताल, धार्मिक तीर्थस्थल, तलैया र हिमाल

जाजरकोट अस्पतालमा एक महीनादेखि औषधि अभाव

जाजरकोट । कर्णाली प्रदेश सरकारको मताहतमा रहेको जाजरकोट अस्पतालमा औषधिको अभाव भएको छ । एक महीनादेखि अस्पतालमा औषधि अभाव भए पनि पूर्ति नहुँदा समस्या भएको अस्पतालले जनाएको छ ।  इन्जेकसन, सिफेकजन,

जाजरकोटमा चार दिनदेखि नेपाल टेलिकमका सबै सेवा बन्द

जाजरकोट । जाजरकोट सदरमुकामलगायत जिल्लाको विभिन्न स्थानमा चार दिनदेखि टेलिफोन सेवा अवरुद्ध भएको छ । पटकपटक अवरुद्ध हुने टेलिफोनले गर्दा यहाँका स्थानीय हैरान छन् ।   नेपाल  टेलिकमको चरम लापरवाहीका कारण

सल्ली वन विनाश

जाजरकोट / समुदायिक वन समूह र समितिबीच मिलेमतो हुँदा यहाँका सामुदायिक वनमा रहेको सल्ली काठ सखाप भएको छ । अवैध खोटो सङ्कलन र मनोमानी ढङ्गले सल्ली काठ बिक्री वितरण हुँदा


z