• २०८१ बैशाख ११ मंगलबार

कुशे गाउँपालिकामा डिजिटल प्राविधिबाट काम शुरु

kharibot

जाजरकोट / कुशे गाउँपालिकाले दर्ता, चलानी र अन्य अभिलेखका कामहरु सबै कम्प्यूटर प्रणालीबाट शुरु गरेको छ । कम्प्यूटर प्रणालीबाट कार्यालयका सबै कामहरु गरिने यो गाउँपालिकाका सम्भवतः जिल्लामै पहिलो हो ।

चालू आर्थिक वर्षको साउन १ गतेदेखि लागू भएको अनलाइन तथा डिजिटल प्रविधिको माध्यमबाट दर्ता चलानी तथा योजना व्यवस्थापनका सबै काम सफ्टवेयरमार्फत शुरु गरेको दर्ता चलानी शाखा तथा कृषि प्राविधिक धिरेन्द्र बस्नेतले जानकारी दिए ।

सूचना दर्ताहरु, जिन्सी व्यवस्थापन, सम्पत्ति कर व्यवस्थापन, अनलाइनबाट शुरु गरिएको उनले बताए । यो प्रर्णाली लागू गरेसँगै दर्ता भएको निवेदन तथा चिट्ठीपत्र हराउने झञ्झटबाट मुक्त हुनाका साथै सजिलैसँग रेकर्ड हेर्न सकिने अपेक्षा लिइएको छ ।

सबै कुशे गाउँपालिकाले मोबाइल एप्स तथा फेसबुक पेज, ट्विटर र युट्युब च्यानल यसअघि नै सञ्चालन गरिसकेको सूचना तथा प्रविधि अधिकृत प्रकाश शाहीले बताए  । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै