युभेन्टसद्वारा युवा सेन्टरब्याक डिलाइटलाई भित्र्याएको घोषणा

खरीबोट

काठमाडौँ । नेदरल्याण्डसका १९ बर्षिय सेन्टर ब्याक माथिस डिलाइटले अन्तत: इटालियन क्लब युभेन्टससँग सम्झौता गरेका छन् ।

नेदरल्यान्ड्सको आयाक्सबाट युभेन्टसले ८४ मिलियन डलर खर्च गरेर डिलाइटलाई किनेको घोषणा गरेको छ ।

युरोपकै उत्कृष्ट डिफेन्समा खेल्ने खेलाडीको रुपमा अगाडी आएका डिलाइट केहि दिन देखि युभेन्टसमा आफ्नो ट्रान्सफर प्रक्रियामा रहेका थिए ।  बुधबार मात्र मेडिकल गरेका डिलाईटलाई युभेन्टसले विहिबार भित्र्याएको औपचारिक घोषणा गरेको छ । 

डिलाइटले युभेन्टससँग पांच बर्षको सम्झौता गरेका छन् ।  डिलाइटले युभेन्टसमा प्रति बर्ष ८ मिलियन न्युनतम पारिश्रमिक पाउने छन् भने थप ४ मिलियन अमेरिकी डलर बोनसको रुपमा पाउने छन् । 

पिएसजी, बार्सिलोना र म्यानचेस्टरले पनि उनलाई भित्र्याउन पहल गरेको भएपनि डिलाइटले युभेन्टस रोजेका छन् । 

२०१६ मा आयाक्सको सिनियर टिममा डेभ्यु भएदेखि नै उनलाई निकै प्रतिभावान डिफेन्स खेलाडीको रुपमा हेरिएको थियो । उनकै उत्कृष्ट प्रदर्शनका कारण आयाक्सले युभेन्टसलाई पराजित गर्दै च्याम्पियन्स लिगको सेमिफाइनलसम्म पुगेको थियो । 

डिलाइटले २०१८-१९ सिजनमा आयाक्सबाट कुल ५५ खेल खेल्दै ७ गोल समेत गरेका छन् बहने आयाक्सलाई घरेलु उपाधि सहित दुई उपाधि जिताउन ठुलो भूमिका खेलेका थिए ।

साथै उनी २०१७ मा नेदरल्याण्डसको राष्ट्रिय टिममा डेभ्यु गरेदेखि नै लगातार टिममा पर्दै आएका छन् भने अहिलेसम्म १७ खेल खेल्दै २ गोल समेत गरेका छन् । 

युइएफए नेसन्स कपको फाइनलमा नेदरल्याण्डस पोर्चुगलसँग पराजित भएपछि क्रिस्टियानो रोनाल्डोसँग कै कुराकानीमा डिलाइटलाई रोनाल्डोले युभेन्टस आउन आग्रह गरेको उनले बताएका थिए । रोनाल्डोका ठुला फ्यान समेत रहेका डिलाइट रोनाल्डोको सो आग्रह अनुसार नै युभेन्टस गएको विश्वास गरिएको छ ।                                
                
      
     
 

सम्बन्धित समाचार

लाजियोसँग युभेन्टस पराजित 

काठमाडौँ । इटालियन सिरी ए मा युभेन्टस पराजित भएको छ । गएराती सम्पन्न खेलमा युभेन्टस लाजियोसँग ३-१ गोल अन्तरले पराजित भएको हो । लाजियोको जितमा लुइज फेलिप रामोस, सेर्गी साभिक र

युभेन्टसलाई पछि पार्दै इन्टर मिलान शिर्ष स्थानमा 

काठमाडौँ । इटालियन सिरी ए मा इन्टरमिलान शिर्ष स्थानमा उक्लिएको छ । गएराति सम्पन्न खेलमा इन्टरले स्पाललाई २-१ गोल अन्तरले पराजित गर्दै लिगको शिर्ष स्थानमा उक्लिएको हो । इन्टरको जितमा अर्जेन्टिनी

रोनाल्डोले युभेन्टसलाई हारबाट बचाए, सास्सुओलोसँग बराबरीमा रोकियो 

काठमाडौँ । इटालियन सिरी ए मा युभेन्टस बराबरीमा रोकिएको छ । आइतबार सम्पन्न खेलमा युभेन्टस सास्सुओलोसँग २-२ गोलको बराबरीमा रोकिएको हो । सास्सुओलोका लागि जेरेमी बोगा र फ्रान्सेसको कापुटोले एक एक

च्याम्पियन्स लिगमा युभेन्टससँगको हारपछि एटलेटिको संकटमा

काठमाडौँ । च्याम्पियन्स लिग अन्तर्गत एटलेटिको म्याड्रिड युभेन्टससँग पराजित भएपछि अन्तिम १६ मा छनौट हुने सम्भावना संकटमा परेको छ । गएराती सम्पन्न खेलमा युभेन्टसले पाउलो डिबालाको निर्णायक गोलमा एटलेटिको म्याड्रिडमाथि १-०


z