• २०८१ बैशाख ७ शुक्रबार

युभेन्टसद्वारा युवा सेन्टरब्याक डिलाइटलाई भित्र्याएको घोषणा

kharibot

काठमाडौँ । नेदरल्याण्डसका १९ बर्षिय सेन्टर ब्याक माथिस डिलाइटले अन्तत: इटालियन क्लब युभेन्टससँग सम्झौता गरेका छन् ।

नेदरल्यान्ड्सको आयाक्सबाट युभेन्टसले ८४ मिलियन डलर खर्च गरेर डिलाइटलाई किनेको घोषणा गरेको छ ।

युरोपकै उत्कृष्ट डिफेन्समा खेल्ने खेलाडीको रुपमा अगाडी आएका डिलाइट केहि दिन देखि युभेन्टसमा आफ्नो ट्रान्सफर प्रक्रियामा रहेका थिए ।  बुधबार मात्र मेडिकल गरेका डिलाईटलाई युभेन्टसले विहिबार भित्र्याएको औपचारिक घोषणा गरेको छ । 

डिलाइटले युभेन्टससँग पांच बर्षको सम्झौता गरेका छन् ।  डिलाइटले युभेन्टसमा प्रति बर्ष ८ मिलियन न्युनतम पारिश्रमिक पाउने छन् भने थप ४ मिलियन अमेरिकी डलर बोनसको रुपमा पाउने छन् । 

पिएसजी, बार्सिलोना र म्यानचेस्टरले पनि उनलाई भित्र्याउन पहल गरेको भएपनि डिलाइटले युभेन्टस रोजेका छन् । 

२०१६ मा आयाक्सको सिनियर टिममा डेभ्यु भएदेखि नै उनलाई निकै प्रतिभावान डिफेन्स खेलाडीको रुपमा हेरिएको थियो । उनकै उत्कृष्ट प्रदर्शनका कारण आयाक्सले युभेन्टसलाई पराजित गर्दै च्याम्पियन्स लिगको सेमिफाइनलसम्म पुगेको थियो । 

डिलाइटले २०१८-१९ सिजनमा आयाक्सबाट कुल ५५ खेल खेल्दै ७ गोल समेत गरेका छन् बहने आयाक्सलाई घरेलु उपाधि सहित दुई उपाधि जिताउन ठुलो भूमिका खेलेका थिए ।

साथै उनी २०१७ मा नेदरल्याण्डसको राष्ट्रिय टिममा डेभ्यु गरेदेखि नै लगातार टिममा पर्दै आएका छन् भने अहिलेसम्म १७ खेल खेल्दै २ गोल समेत गरेका छन् । 

युइएफए नेसन्स कपको फाइनलमा नेदरल्याण्डस पोर्चुगलसँग पराजित भएपछि क्रिस्टियानो रोनाल्डोसँग कै कुराकानीमा डिलाइटलाई रोनाल्डोले युभेन्टस आउन आग्रह गरेको उनले बताएका थिए । रोनाल्डोका ठुला फ्यान समेत रहेका डिलाइट रोनाल्डोको सो आग्रह अनुसार नै युभेन्टस गएको विश्वास गरिएको छ ।                                
                
      
     
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै