भन्सारले लक्ष्यअनुसार राजश्व सङ्कलन गर्न सकेन

खरीबोट

फाइल तस्विर । 

कञ्चनपुर  / कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले गत आर्थिक वर्षमा लक्ष्यअनुसार राजश्व सङ्कलन गर्न सकेन । आव ०७५÷७६ मा  ४० करोड १२ लाख ६२ हजार राजश्व सङ्कलनको वार्षिक लक्ष्य लिएको भन्सारले  ३६ करोड ६७ लाख राजश्व सङ्कलन गरेको छ ।

आर्थिक मसान्तको अन्तिमतिर भारतबाट तरकारी, चिनीलगायतका वस्तु कम भित्रिएकाले राजश्व सङ्कलनमा कमी आएको कञ्चनपुर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत भीमप्रसाद अधिकारीले बताए । “विषादी परीक्षण गरेर मात्रै तरकारी र फलफूल आयात गर्न भनेकाले पनि राजश्वमा गिरावट आयो”, प्रमुख भन्सार अधिकृत अधिकारीले भने , “तर विगतको भन्दा राजश्व सङ्कलनको दायरा पनि बढ्दै गएको छ ।”

अघिल्लो आवमा भन्सार कार्यालयले ३२ करोड ५३ लाख ९० हजार राजश्व सङ्कलन गरेको थियो । गड्डाचौकी भन्सारबाट पिना (तोरीको) अदुवा, राइस ब्रान र जडीबुटीमा तेजपात तथा रिट्ठा निर्यात हुने गरेको छ ।

गड्डाचौकीपारि भारतको सिमा क्षेत्रमा प्लाण्ट क्वारेन्टाइन नहुँदा पनि यहाँबाट निकासी कम हुने गरेको अधिकारीले बताए । गड्डाचौकी नाकाबाट दैनिक उपभोग्य सामान, तरकारी, लत्ताकपडा र हार्डवेयर सामानहरु बढी मात्रामा आयात हुने गरेको छ । 

सम्बन्धित समाचार

त्रिवेणी भन्सारमा मालवस्तु ‘जाँचपास’ शुरु

कावासोती । गण्डकी प्रदेशलाई भारतसँग जोडने मुख्य नाकाको रुपमा लिइएको त्रिवेणी छोटी भन्सार कार्यालयबाट माल सामानको भन्सार ‘जाँचपास’ शुरु गरिएको छ । छोटी भन्सार कार्यालयमा स्तरोन्नति भएको लामो समयसम्म सवारी ‘जाँचपास’को

एनआईसी एशियाको कञ्चनपुर भन्सारमा विस्तारित काउण्टर सञ्चालनमा

काठमाडौँ । एनआईसी एशिया बैंकले शहरी तथा ग्रामीण जिल्लाहरुमा समेत आफ्नो सशक्त उपस्थिति जनाउँदै गाउँ–गाउँमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरणको लागि विस्तारित  काउण्टरमार्फत् बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

कञ्चनपुरको बेलडाँडीमा सडक पुगेपछि स्थानीय प्रसन्न

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका ६५ वर्षीय मानबहादुर साउद गाउँमा सडक सुधार हुँदा निकै खुशी छन् । हिँड्नै मुस्किल हुने सडकको स्तरोन्नति भई गाउँमै सवारीसाधन पुग्न थालेपछि साउदलगायत बेलडाँडीवासी दुःखका

कञ्चनपुरमा  पूर्वसूचना प्रणालीका कारण मानवीय क्षति शून्य

कञ्चनपुर । पूर्वसूचना प्रणालीका कारण कञ्चनपुरमा बाढीजन्य प्राकृतिक प्रकोपले हुने मानवीय क्षति शून्यमा झरेको छ । जिल्ला आपत्कालीन सञ्चालन केन्द्र स्थापना भएपछि मानवीय क्षति शून्यमा झरेको हो । जिल्लाका मुख्य नदीहरुमा


z