• २०८१ बैशाख ७ शुक्रबार

प्रभु बैंकका बचत खातामा औषधोपचार र दुर्घटना बिमा सुविधा

kharibot

प्रभु बैंक लिमिटेडले निक्षेकर्ताहरुलाई अधिकतम लाभ प्रदान गर्ने उद्देश्यले मिति २०७६ श्रावण १ गतेदेखि प्रभु वेलकम सेभिङ र प्रभु स्यालरी सेभिङ खाताहरुमा औषधोपचार र दुर्घटना बिमा सुविधा सञ्चालनमा ल्याएको छ ।

यो सुविधाको माध्यमबाट प्रभु वेलकम सेभिङ र प्रभु स्यालरी सेभिङ खाता योजना अन्तर्गत हाल भइरहेका र भविष्यमा खोलिने खाताहरुमा निक्षेकर्ताहरुको औषधोपचार बिमा बापत ३ लाख र दुर्घटना बिमा बापत १० लाखसम्मको जोखिम बैंकले वहन गर्ने बताएको छ ।

प्रभु बैंकले सञ्चालनमा ल्याएको यस बिमा सुबिधाले यी दुइ बचत खाता योजना अन्तर्गत खाता हुने निक्षेप ग्राहकहरुले देशका बिभिन्न अस्पतालहरुमा भर्ना भइ उपचार गर्नुपर्ने बिभिन्न १५० प्रकारका रोगहरुको उपचार पश्चात बिमा दावी गर्नसक्ने र अकल्पनिय दुर्घटना बाट हुनसक्ने मृत्यु बापतको राहत परिवारले बिमा दावी गरी  लाभान्वित हुने बिश्वास बैंकले लिएको जनाएको छ । 

बैंकले यस सम्बन्धमा बिस्तृत जानकारीको लागी आफुलाइ पायक पर्ने शाखा कार्यालयहरुमा सम्पर्क गर्ने नौरोध समेत गरेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै