• २०८१ बैशाख ७ शुक्रबार

समयमा कार्यालयमा आउन मन्त्रीको निर्देशन

kharibot

हेटौंडा / प्रदेश नं. ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले प्रदेश शिक्षा निर्देशनालयको आज अनुगमन तथा निरीक्षण गरेका छन । बिहान १०ः४० बजे प्रदेश शिक्षा निर्देशनालयमा पुग्नुहुँदा दुई जना कार्यालय सहयोगी मात्र भेटिएको उनले जानकारी दिए ।

मन्त्री दुलालका अनुसार १०ः४० बजेसम्म कार्यालय सहयोगीबाहेक प्रमुख, उपप्रमुखलगायत कोही पनि कर्मचारी कार्यालयमा आइपुगेका थिएनन् ।

अनुगमनका क्रममा अनुपस्थित रहेका नौ जना कर्मचारीको हाजिरी रजिस्टरमा उनले रेजा लगाएका थिए । मन्त्री दुलालले कर्मचारीलाई समयमा र नियमितरुपमा कार्यालयमा आउनका लागि निर्देशनसमेत दिएको बताए ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै