Skip This

चितवनमा असारमा मात्रै ४० प्रतिशत पूँजीगत खर्च

खरीबोट

चितवन । आर्थिक वर्षको मसान्तमा हतारमा काम सम्पन्न गरेर बजेट निकासा गर्ने पुरानो प्रचलन परिवर्तन हुन सकेको छैन । जसका कारण गुणस्तरीय कामको सट्टामा हतारमा काम चलाउ गरेर बजेट निकासा लिने प्रचलन कायमै रहेको देखिएको छ । 

जिल्लामा गत आर्थिक वर्षका ११ महीनाको हाराहारी नै असारमा मात्र पूँजीगत खर्च निकासा भएको देखिएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय चितवनले दिएको जानकारीअनुसार पूँजीगततर्फ सङ्घको ३४ प्रतिशत र प्रदेशको ५७ प्रतिशत बजेट असारमा निकासा भएको छ । समग्रमा हेर्दा असारमा खर्च भएको रकम ४० दशमलव ३८ प्रतिशत हुन आउँछ । 

कार्यालयका सूचना अधिकारी कृष्णबहादुर अधिकारीका अनुसार गत आर्थिक वर्षमा पूँजीगततर्फ सङ्घको रु तीन अर्ब ५१ करोड २१ लाख २७ हजार खर्च भएकोमध्ये रु एक अर्ब २२ करोड ६४ लाख ४२ हजार असारमा खर्च भएको छ । प्रदेशतर्फको कूल खर्च रु एक अर्ब १५ करोड ४७ लाख १४ हजारमध्ये रु ६५ करोड ८३ लाख ४६ हजार असारमा मात्र खर्च भएको छ । 

कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख महेन्द्रप्रसाद भण्डारीले काम सके पनि भुक्तानी लिउलानी भन्ने र समय सकिनै लाग्दा काम गर्ने दुवैले भुक्तानी असारमा लिन आउने हुँदा पूँजीगत खर्चको ठूलो रकम निकासा त्यसै महीनामा हुने गरेको बताए । 

जिल्लामा गत आर्थिक वर्षमा ८४ दशमलव ८४ प्रतिशत बजेट खर्च भएको छ । कार्यालयले दिएको जानकारीअनुसार पूँजीगत खर्चतर्फ ६९ दशमलव ३५ प्रतिशत मात्र खर्च भएको छ भने चालूतर्फ ९५ दशमलव २२ प्रतिशत खर्च भएको छ । जिल्लामा समग्रमा रु १६ अर्ब ७७

करोड ७८ लाख ३० हजार ८३२ विनियोजित भएको थियो । सङ्घ र प्रदेश सरकारकोतर्फबाट विनियोजित रकमको रु १४ अर्ब २३ करोड ४३ लाख छ हजार २७१ मात्र खर्च भएको छ । 

यो रकममध्ये पूँजीगत खर्चका लागि रु छ अर्ब ७२ करोड ९५ लाख ८८ हजार ९२ निकासा भएको थियो । जसमध्ये रु चार अर्ब ६६ करोड ६८ लाख ४१ हजार ९३३ खर्च भएको हो । 

जिल्लामा सङ्घीय सरकारबाट पूँजीगत र चालू खर्च रु १४ अर्ब ५४ करोड ३५ लाख २१ हजार २४० विनियोजन भएकामा रु १२ अर्ब ७३ करोड ४४ लाख १२ हजार ८४३ खर्च भएको थियो । 

यस्तै प्रदेश सरकारबाट निकासा भएको रु दुई अर्ब २३ करोड ४३ लाख नौ हजार ५९२ मध्ये रु एक अर्ब ४९ करोड ९८ लाख ९३ हजार ४२८ मात्र खर्च भएको हो ।
 

सम्बन्धित समाचार

चितवनमा भएको अटो दुर्घटनामा मृत्यु हुने सबैको सनाखत

चितवन । राप्ती नगरपालिका–५ मा शनिबार साँझ भएको अटो दुर्घटनामा परी ज्यान गुमाउने पाँचै जनाको सनाखत भएको छ भने एक गम्भीर घाइते भएका छन्।  जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा

चितवनमा अटो पल्टिँदा पाँच जनाको मृत्यु

चितवन । राप्ती नगरपालिका–५ मा आज साँझ अटो दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार सो नगरपालिका–४ चेपाङमार्गबाट

चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक बढे

चितवन । चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटकको सङ्ख्या बढेको छ। गत वर्षको चार महिनाको तुलनामा यस वर्ष पर्यटक आगमन वृद्धि भएको हो। निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार गत वर्षको यसै

चितवन जिल्लाको विकास बजेट खर्च हुन सकेन

चितवन । चितवन जिल्लाको विकासका लागि प्रदेश सरकारले विनियोजन गरेको बजेटमध्ये चालू आर्थिक वर्षको पहिलो चार महिनामा १ दशमलव ९४ प्रतिशत मात्र खर्च भएको छ। कोष तथा लेखा नियन्त्रण कार्यालय चितवनका


z