• २०८१ बैशाख ११ मंगलबार

बुद्धको मुर्ति तोडफोड गर्नेलाई यथाशिघ्र कारवाही गर्न काँग्रेसको माग

kharibot

फाइल तस्बीर

काठमाडौँ । गएराती रुपन्देहीको तिलोत्तमा नगरपालिका क्षेत्रको सिद्धार्थ राजमार्गमा राखिएका बुद्धका मुर्ति तोडफोड भएकोमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आपत्ति जनाएको छ ।

काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले एक विज्ञप्ति जारी गर्दै विश्वमा नेपाललाई चिनाउने  शान्ति र सहअस्तित्वलाई प्रेरित गर्ने भगवान गौतम बुद्धका मुर्तिहरु तोडफोड गर्नु धर्म, संस्कृति र मूल्यमान्यताको अपमान भएको बताएको छ ।

काँग्रेसले धार्मिक, संस्कृतिक सहिष्णुतामा आंच आउने र धार्मिक द्वन्दलाई निम्त्याउने गरि नियोजित रुपमा बुद्धको मुर्ति तोडफोड भएको भन्दै घटनाको निन्दा गरेको छ ।

काँग्रेसले यस घटनाको सत्यतथ्य छानबिन गरि संलग्न लाई यथाशिघ्र कानुनी कारवाही गर्न माग समेत गरेको छ ।  

गएराती बुटवल-बेलहिया सडकखण्डको तिलोत्तमा नगरपालिकाको ६ लेन सडकको मध्य भागमा राखिएका बुद्धका ५ मुर्ती तोडफोड भएका थिए ।

सडकको मेडिएनमा राखिएका बुद्धमर्ती मध्ये गएराती शंकरनगरचोक देखि नयाँ मिलसम्मका ५ वटा मुर्ति क्षतबिक्षत हुने गरी फुटाइएको छ ।

लुम्बिनीको झल्को दिने गरि गत आर्थिक वर्षमा तिलोत्तमा नगरपालिकाले आफ्नो क्षेत्रमा पर्ने राजमार्गमा २२ वटा बुद्ध मुर्ति स्थापना गरेको थियो । प्रत्येक मुर्तिको तौल नै १ सय १० किलोग्राम रहेको थियो । मूर्ति तोडफोडमा ठुलै समुह सक्रिय रहेको हुनसक्ने स्थानीयको आशंका गरिएको छ ।   

गत वैशाख १ गते प्रदेश ५ सरकारका उद्योग, पर्यटन बन तथा बातावरण मन्त्री लिला गिरीले बुद्धमुर्ति अनावरण गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै