• २०८१ बैशाख १४ शुक्रबार

नेइमार बारे अझै अन्योल, बार्सिलोना र पिएसजी फेरी छलफलमा जुटे ! 

kharibot

काठमाडौँ । पिएजसीबाट अब नखेल्ने भनेका ब्राजिलियन फुटबलर नेइमारका बारेमा पिएसजी र बार्सिलोनाबीच छलफल चलिरहेको मिडिया रिपोर्ट सार्वजनिक भएको छ ।

पहिलो चरणमा बार्सिलोना र पिएसजीले आ-आफ्ना प्रस्ताव अगाडी सारेको भए पनि अहिले दुवै क्लब यसलाई अन्तिम टुंगोमा पुर्याउन जुटेको बताइएको छ ।

बार्सिलोनाले नेइमारका लागि कोटीन्हो र डेम्बेलेलाई दिएर ४५ मिलियन डलर दिने प्रस्ताव राखेपछि पिएसजीले नेइमारका लागि २४९ मिलियन अमेरिकी डलर मुल्य तोकेको थियो ।

पिएसजीले नेइमारका लागि बार्सिलोनाले प्रस्ताव गरिएका भनिएका फिलिप कोटीन्हो र उसमान डेम्बेलेलाई भने अस्विकार गरेको बताइएको भएपनि 

पछिल्लो पटक पिएसजी कोटीन्होका बारेमा सकारात्मक भएपछि नेइमार बार्सिलोना जाने सम्भावना बढेको बताइएको छ । अब नेइमारका लागि बार्सिलोनाले कोटिन्होलाई दिएर लगभग ८० मिलियन डलर अर्को बर्षको जुलाईसम्म तिर्ने गरी सम्झौता गर्न तयार भएको बताइएको छ ।

स्पेनिस खेलकुद कभर गर्ने साइट स्पोर्ट्सक अनुसार नेइमार बार्सिलोना फर्किने प्रकरणमा कोटिन्होलाई दिने विकल्प बाहेक अरु विकल्पमा कुरा मिल्ने सम्भावना नै नरहेको उल्लेख गरेको छ । ग्रीजम्यानलाई किनिसकेपछि बार्सिलोनालाई फाइनान्सियल फेयरप्लेलाई समेत ध्यान दिदै पिएसजीले मागे जति सबै रकम नगदमा तिर्ने स्थितिमा बार्सिलोना नरहेको रिपोर्टमा उल्लेख गरिएको छ ।

अहिले बार्सिलोना र नेइमारभन्दा पिएसजी यस प्रकरणलाई छिटो सल्टाएर नयाँ सिजन सुरु गर्नुपर्ने दबाबमा रहेको छ । त्यसैले पनि बार्सिलोनाले नेइमारलाई भित्र्याउन कुनै हतार नगरेको र पिएसजीबाट नै थप पहल होस् भन्ने चाहेकाले नेइमार प्रकरण सल्ट्याउन ढिलाई भएको विश्लेषण गरिएको छ ।

यसै बीचमा नेइमारले म्यानचेस्टर युनाइटेड र युभेन्टस जाने भन्ने मिडिया रिपोर्ट सार्वजनिक भएको भएपनि नेइमार प्रकरणमा धेरै ठुलो रकम समावेश भएका कारण बार्सिलोना बाहेकका क्लबले तुरुन्तै सो रिस्क लिने अवस्था रहेको नदेखिएको बताइएको छ ।            

नेइमार  २०१७ मा पिएसजी जाँदा पनि २४९ मिलियन डलरमा नै बार्सिलोना छोडेका नेइमार अहिले पेरिसमै रहेपनि उनी आफ्नो भविष्य पिएसजी बाहेकका क्लबमा खोज्दा उनी बारे थप अन्योल सिर्जना भएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै