• २०८१ बैशाख ८ शनिबार

बारामा ४० हेक्टर अतिक्रमित वन पुनः वन क्षेत्र मैं कायम

kharibot

बारा । डिभिजन वन कार्यालय बारा, सिमराले ४० हेक्टर अतिक्रमित बनलाई  पुनः वन क्षेत्र मैं कायम गर्न सफल भएको छ ।

मुलुकमा राजनैतिक अस्थितरता भएको बेलामा भएका वन अतिक्रमित क्षेत्रको अध्ययन अवलोकन गरी सरकारको निति अनुरुप अभियान अगाडी बढाए पछि यो सफलता मिलेको हो ।

यस आर्थिक वर्ष २०७५-०७६ मा जिल्लाका बिभिन्न स्थानमा करिव ४० हेक्टर बनको अतिक्रमण हटाई वन क्षेत्र कायम गर्न डिभिजन वन कार्यालय बारा, सिमरा सफल भएको छ । 

जीतपुरसिमरा उपमहानगरपालिका २२ चकरीमा ७.५ कोल्हवी नगरपालिकाको मधुवनमा ५ र बोधवनमा २७ हेक्टर वन क्षेत्रको अतिक्रमण हटाई कार्यालयले कतिपय स्थानमा बृक्षा रोपण समेत गरिसकेको छ ।

अतिक्रमणकारीहरुलाई हटाउँन डिभिजन कार्यालय सिमराले नयाँ रणनितिका साथ अगाडी बढेको छ । पहिला जस्तो प्रहरी प्रशासनको बल प्रयोग नगरी समुदायका अगुवा , स्थानीय तहका निर्वाचित पदाधिकारी र विभिन्न सरोकारवालाको समुहसँग अन्तरक्रिया गर्दै वन , डिभिजन वन कार्यालयको मात्र नभै हामी र हाम्रो समुदायको लागि हो , भन्ने बुझाउँदै अतिक्रमण फिर्ता गराईएको हो । 

वन अतिक्रमण हटाईउँन सिंङ्गो डिभिजन वन कार्यालय मात्र नभै सबै जनाको साथ र सहयोगले यो सम्भव भएको  डिभिजन वन कार्यालय बारा सिमराका प्रमुख मन्जुर अहमतले बताए । उनले यो अभियानलाई निरन्तरता दिईने समेत बताए । 

अतिक्रमित जमिनमा बृक्षा रोपण गर्न देखि विरुवाको रेख देख र संरक्षण गर्न तिनै समुदायलाई जिम्मा लगाईएको छ । अतिक्रमित बनलाई पुनः वन क्षेत्रमा कायमगरी बिधि र प्रकृया मिलाएर समुदायलाई नैं हस्तारण भएकोमा स्थानीय ससस्वती घले र राम बहादुर स्यांगतानले खुसी व्याक्त गरेका छन् । 

कुल ४५ हजार हेक्टर भू–भाग ओगटेको बाराको जंगल अहिले खुम्चिएर ३१ हजार हेक्टरमा सिमित भएको कार्यालयको तथ्यांकले देखाउँछ । कतिपय बाराको जंगल राष्ट्रिय गौरवका आयोजना फास्टट्रयाक , दोश्रो अन्तराष्ट्रिय विमानस्थलले समेत ओगटेको छ । पछिल्लो पाँच वर्ष यता बारामा संस्थागत र अन्य गरी ११.६४ हेक्टर जंगल अतिक्रमणको चपेटामा परेको तथ्यांकले देखाउँछ ।

यति हुँदा हुँदै पनि समग्र मुलुकको जंगलको अवस्था भने ३९.७ प्रतिशतबाट बढेर ४४.६ प्रतिशत भएको तथ्यांकमा उल्लेख छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै