• २०८१ बैशाख ५ बुधबार

क्रिकेट विश्वकपको सारांश : कुन रेकर्ड कसले बनाए ?

kharibot

काठमाडौँ । ४६ दिनसम्म चलेको विश्वकप क्रिकेट इङल्याण्डलाई विजेता बनाउदै सकिएको छ ।

फाइनल खेल निकै विवादमा आएको भएपनि इङल्याण्ड विजेता बनेको छ भने अब क्रिकेटको यो महाकुम्भ अर्को चार बर्षको लागि सकिएको छ । अब सन् २०२३ मा भारतमा क्रिकेट विश्वकप हुने छ ।

विश्वकप सकिएपछि यस विश्वकपमा भएका खेल, बनेका प्रमुख रेकर्डको सारांश यस रिपोर्टमा प्रस्तुत गरेका छौ ।

यस विश्वकपमा इङल्याण्ड, अस्ट्रेलिया, न्युजील्याण्ड, भारत, पाकिस्तान, दक्षिण अफ्रीका, वेस्टइन्डिज, श्रीलंका, बंगलादेश र अफगानिस्तान गरी १० देशले भाग लिएका थिए ।

४६ दिन सम्म चलेको यस प्रतियोगितामा कुल ४८ खेल खेलिएका थिए । जसमा इङल्याण्ड र वेल्सका १० शहरका १० स्टेडियममा यी खेलहरु भएका थिए ।

यस प्रतियोगितामा सबै भन्दा धेरै रन भारतका रोहित शर्माले ६४८ रन बनाए भने अस्ट्रेलियाका तिब्र गतिका बलर मिचेल स्टार्कले एकै विश्वकपमा धेरै विकेटको रेकर्डसहित २७ विकेट लिए ।

यस विश्वकपको उत्कृष्ट बलिङ फिगर पाकिस्तानका शाहीन अफ्रिदीको रह्यो । उनले बंगलादेशविरुद्ध ९.१ ओभरमा ३५ रन दिएर ६ विकेट लिएका थिए । त्यस्तै एकै खेलमा धेरै रन बनाउने रेकर्ड भने अस्ट्रेलियाका डेविड वार्नरको नाममा रह्यो । उनले बंगलादेशविरुद्ध १६६ रन बनाएका थिए ।

त्यस्तै यस विश्वकपमा धेरै छक्का प्रहार गर्ने रेकर्ड इङल्याण्डका कप्तान इयोन मोर्गनको नाममा रह्यो । उनले कुल २२ छक्का प्रहार गरेका थिए । त्यस्तै यस विश्वकपमा धेरै चौका प्रहार गर्ने रेकर्ड भने भारतीय खेलाडी रोहित शर्माको नाममा बन्यो । उनेल कुल ८१ चौका प्रहार गरेका थिए । त्यस्तै धेरै शतक बनाउने रेकर्ड समेत रोहित शर्माको नाममा रह्यो । उनेल एकै विश्वकपमा ५ शतक बनाउदै अहिलेसम्मकै धेरै शतकको रेकर्ड बनाए । त्यस्तै यस विश्वकपमा कुल ७ अर्धशतक प्रहार गरेर बंगलादेशका अलराउन्डर शकिब अल हसनले धेरै अर्धशतक प्रहार गर्ने रेकर्ड बनाए । त्यस्तै यस विश्वकपमा धेरै स्टम्प गर्ने विकेट किपर न्युजील्याण्डका टम लाथम हुन् । उनले कुल २१ स्टम्प गरेका थिए ।

त्यस्तै धेरै क्याच लिने फिल्डर इङल्याण्डका जोय रुट बने । उनले कुल १३ क्याच लिएका थिए । त्यस्तै यस विश्वकपमा धेरै औसत शकिब अल हसनको रह्यो । उनले ८६.६ रनको औसतमा रन बनाएका थिए । त्यस्तै उत्कृष्ट बलिङ औसत भने भारतका मोहमद सामीको रह्यो । उनको विश्वकपमा औसत १३.८ रहेको छ ।

त्यसै गरि  एक इनिंगमा धेरै रन बनाउने रेकर्ड इङल्याण्डले बनायो । इङल्याण्डले अफगानिस्तानविरुद्ध ३९७ रन बनाएको थियो । त्यस्तै यस विश्वकपमा कल २२ हजार ४ सय ४१ रन बन्यो भने कुल ६७४ विकेट झरेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै