• २०८१ बैशाख ६ बिहीबार

आइसीसीद्वारा जिम्बाबेमाथि प्रतिबन्ध, यस्तो छ कारण

kharibot

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट बोर्ड (आइसीसी) ले जिम्बाबेको क्रिकेट बोर्डलाई निलम्बन गरेको छ । आइसीसीले तुरुन्तै देखि लागु हुने गरि जिम्बाबेलाई निलम्बन गरिएको आइसीसीले जानकारी दिएको छ ।

हालै लन्डनमा बसेको आइसीसीको बोर्ड बैठकले यस्तो निर्णय लिएको हो । आइसीसीको निलम्बनपछि अब जिम्बाबेले आइसीसीको अनुदान सबै रोकिएको छ भने जिम्बाबे आइसीसीका कुनै पनि खेल खेल्न नपाउने भएको छ । योसँगै जिम्बाबेले आगामी अक्टोबरमा हुने टी-२० विश्वकप छनौटको क्वालिफायर समेत खेल्न नपाउने भएको छ ।

आइसीसीले जिम्बाबेको क्रिकेटमा त्यँहाको सरकारले हस्तक्षेप गरेको आरोप लगाएको छ । आइसीसी अध्यक्ष शशांक मनोहरले क्रिकेटलाई राजनीतिबाट टाढा राख्न यस्तो निर्णय लिइएको बताएका छन् ।

जिम्बाबेलाई आइसीसीको विधानको आर्टिकल २.४ (सी) र (डि) तोडेको आरोप लगाइएको छ । जसमा क्रिकेटमा राजनीतिक हस्तक्षेप हुन नहुने उल्लेख छ । आइसीसीले गरेको अनुसन्धानमा आइसीसीले क्रिकेट विकासका लागि दिएको अनुदान क्रिकेटमा नलगाएर सरकारले अन्य ठाउमा खर्च गरेको पाएपछि यस्तो निर्णय गरेको बताइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै