सचिनसहित तीन खेलाडी आइसीसीको ‘हल अफ फेम’ सुचिमा

खरीबोट

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिस) ले भारतीय पुर्व क्रिकेटर सचिन तेन्दुलकरलाई सम्मान गर्दै ‘हल अफ फेम’ मा समावेश गरेको छ ।

विहिबार आइसीसीले सचिनसहित दक्षिण अफ्रीकाका पुर्व तिब्रगतिका बलर एलन डोनाल्ड, अस्ट्रेलियाकी पुर्व महिला तिब्र गतिकी बलर क्याथरिन फित्जप्याट्रिकलाई हल अफ फेममा समावेश गर्दै सम्मान गरेको हो ।

आइसीसी ग्ल अफ फेममा समावेश हुने सचिन छैठौ भारतीय खेलाडी हुन् । यस अघि विशन सिंह बेदी, कपिदेव, सुनिल गावस्कर, राहुल द्रविड र अनिल कुम्बले यस सुचिमा समावेश थिए ।

के हो हल अफ फेम सम्मान ?

आइसीसीले सन् २००९ को जनवरीमा क्रिकेटमा खेलाडीहरुले गरेको योगदानलाई सम्मान गर्न हल अफ फेमको सुरुवात गरेको थियो । सुरुमा ५५ खेलाडीलाई सम्मान गर्दै यो सुची जारी गरिएको थियो ।

त्यसपछि हरेक बर्ष आइसीसी अवार्ड घोषणा गर्दा हल अफ फेममा समावेश हुने खेलाडीको सुची जारी गर्ने गरेको छ ।

यस सुचिमा अहिलेसम्म इङल्याण्डका धेरै २८ खेलाडी रहेका छन् भने अस्ट्रेलियाका २५, वेस्टइन्डिजका १८, भारतका ६, पाकिस्तानका ५, न्युजील्याण्डका ३, दक्षिण अफ्रीकाका २ र श्रीलंकाक एक खेलाडी गरि कुल ८७ खेलाडी यस सुचिमा समावेश छन् ।          
 

सम्बन्धित समाचार

पोलार्डलाई आइसीसीको कारवाही, जरिवाना र एक डिमेरिट अंक

 काठमाडौँ । वेस्टइन्डिजका अलराउन्डर केरन पोलार्डलाई आइसीसीले कारवाही गरेको छ । भारतविरुद्धको दोस्रो टी-२० खेलमा पोलार्डले आइसीसीको कोड अफ कण्डक्टको लेवल वान उल्लघन गरेको भन्दै उनलाई खेल फिसको २० प्रतिशत

निलम्बनपछि जिम्बाबेका क्रिकेटरको निराशा : क्यारियर बर्बाद भयो !

काठमाडौँ । आइसीसीले जिम्बाबेलाई निलम्बन गरेसंगै अब जिम्बाबेका क्रिकेटरको क्यारियर धरापमा परेको छ । क्रिकेटमा सरकारी हस्तक्षेप भएको भन्दै तुरुन्तैदेखि लागु हुने गरि आइसीसीले जिम्बाबेलाई निलम्बन गरेपछि केहि क्रिकेटरले सन्यासको घोषणा

सचिनसहित तीन खेलाडी आइसीसीको ‘हल अफ फेम’ सुचिमा

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिस) ले भारतीय पुर्व क्रिकेटर सचिन तेन्दुलकरलाई सम्मान गर्दै ‘हल अफ फेम’ मा समावेश गरेको छ । विहिबार आइसीसीले सचिनसहित दक्षिण अफ्रीकाका पुर्व तिब्रगतिका बलर एलन

आइसीसीद्वारा जिम्बाबेमाथि प्रतिबन्ध, यस्तो छ कारण

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट बोर्ड (आइसीसी) ले जिम्बाबेको क्रिकेट बोर्डलाई निलम्बन गरेको छ । आइसीसीले तुरुन्तै देखि लागु हुने गरि जिम्बाबेलाई निलम्बन गरिएको आइसीसीले जानकारी दिएको छ । हालै लन्डनमा बसेको


z