• २०८१ बैशाख ४ मंगलबार

सचिनसहित तीन खेलाडी आइसीसीको ‘हल अफ फेम’ सुचिमा

kharibot

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिस) ले भारतीय पुर्व क्रिकेटर सचिन तेन्दुलकरलाई सम्मान गर्दै ‘हल अफ फेम’ मा समावेश गरेको छ ।

विहिबार आइसीसीले सचिनसहित दक्षिण अफ्रीकाका पुर्व तिब्रगतिका बलर एलन डोनाल्ड, अस्ट्रेलियाकी पुर्व महिला तिब्र गतिकी बलर क्याथरिन फित्जप्याट्रिकलाई हल अफ फेममा समावेश गर्दै सम्मान गरेको हो ।

आइसीसी ग्ल अफ फेममा समावेश हुने सचिन छैठौ भारतीय खेलाडी हुन् । यस अघि विशन सिंह बेदी, कपिदेव, सुनिल गावस्कर, राहुल द्रविड र अनिल कुम्बले यस सुचिमा समावेश थिए ।

के हो हल अफ फेम सम्मान ?

आइसीसीले सन् २००९ को जनवरीमा क्रिकेटमा खेलाडीहरुले गरेको योगदानलाई सम्मान गर्न हल अफ फेमको सुरुवात गरेको थियो । सुरुमा ५५ खेलाडीलाई सम्मान गर्दै यो सुची जारी गरिएको थियो ।

त्यसपछि हरेक बर्ष आइसीसी अवार्ड घोषणा गर्दा हल अफ फेममा समावेश हुने खेलाडीको सुची जारी गर्ने गरेको छ ।

यस सुचिमा अहिलेसम्म इङल्याण्डका धेरै २८ खेलाडी रहेका छन् भने अस्ट्रेलियाका २५, वेस्टइन्डिजका १८, भारतका ६, पाकिस्तानका ५, न्युजील्याण्डका ३, दक्षिण अफ्रीकाका २ र श्रीलंकाक एक खेलाडी गरि कुल ८७ खेलाडी यस सुचिमा समावेश छन् ।          
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै