छाउपडी अन्त्यका लागि कानून बनाउन माग

खरीबोट

सुर्खेत / सुर्खेतको बराहताल गाउँपालिकाका स्थानीय नागरिकले सभामुख राजबहादुर शाहीसँग छाउपडी अन्त्यका लागि कानून बनाउन आग्रह गरेका छन् । नागरिकको गुनासो सुन्न बराहताल गाउँपालिका पुग्नुभएका सभामुख शाहीसँग त्यहाँका स्थानीयवासीले व्याप्त कुप्रथा अन्त्यका लागि कानून बनाउनुपर्ने सुझाव दिएका हुन् ।

युएनडिपीको सहयोगमा कर्णाली फाउण्डेशनले बिहीबार सुर्खेतको बराहताल गाउँपालिकामा आयोजना गरेको ‘जनतासँग सभामुख’ कार्यक्रममा स्थानीय नागरिकले सामाजिक कुप्रथाले नराम्रोसँग जरा गाडेकाले यसको अन्त्य गर्न सरकार लाग्नुपर्ने बताए । सभामुख शाहीले छाउपडीलगायतका महिलामाथि हुने हिंसाको अन्त्यका लागि कानून निर्माणमा भूमिका खेल्ने बताए ।

जनज्योति विद्यालयमा अध्ययनरत मेनुका थापाले सुर्तीजन्य पदार्थहरुको खुल्लमखुल्ला बिक्री भइरहेको बताउँदै यसको नियन्त्रणका लागि प्रदेशसभाले कस्तो कानून ल्याउँदैछ ? भनेर प्रश्न गरे । सभामुख शाहीले स्थानीय सरकार आफँैले मदिराजन्य र सुर्तीजन्य पदार्थहरु नियन्त्रणको कानून बनाउन सक्ने भएकाले स्थानीय सरकार यसतर्फ अग्रसर हुनुपर्ने बताए ।

उनले कर्णालीका केही स्थानीय तहहरुले मदिरा र सुर्तीजन्य पदार्थ निषेधित क्षेत्र घोषणा गरिसकेको बताउँदै जनता जागरुक भएमा कानून कार्यान्वयन गर्न सकिने विचार राखे  । सभामुख शाहीले प्रदेशसभाले कानून बनाउने प्रक्रियाको नेतृत्व गर्नाका साथै सरकारलाई जनउत्तरदायी बनाउनका लागि नेतृत्वदायी भूमिका खेलिरहेको बताए ।

कर्णाली फाउण्डेशनका अध्यक्ष नारायण भट्टराईले कानून निर्माणका साथै सरकार र संसद्मा जनताको पहुँच बढाउनका लागि कार्यक्रमको शुरुआत गरिएको बताए । 

सम्बन्धित समाचार

वर्षात्मा छाउपडीलाई कठिन

कैलाली । वर्षात्को समयमा कैलालीका महिलालाई महिनावारीको समयमा समस्या हुने गरेको छ । महिनावारी हुँदा घरबाहिर छाउगोठमा बस्नुपर्ने बाध्यता रहेका महिलालाई पाँच दिन कटाउन कठिन हुने गरेको उनीहरुले बताएका छन्

छाउपडी अन्त्यका लागि कानून बनाउन माग

सुर्खेत / सुर्खेतको बराहताल गाउँपालिकाका स्थानीय नागरिकले सभामुख राजबहादुर शाहीसँग छाउपडी अन्त्यका लागि कानून बनाउन आग्रह गरेका छन् । नागरिकको गुनासो सुन्न बराहताल गाउँपालिका पुग्नुभएका सभामुख शाहीसँग त्यहाँका स्थानीयवासीले व्याप्त

प्रतिनिधिसभा ः छाउपडी प्रथा अन्त्यका लागि जागरण अभियान

सरकारले सामाजिक कुरीति र कुसंस्कारको रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि योजनाबद्ध कार्यक्रम अघि सारेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले सामाजिक विकृतिको रुपमा कहलिएको छाउपडीको नाममा

सुदूरपश्चिममा छाउपडीका कारण १६ महिला तथा बालिकाको मृत्यु

सुदूरपश्चिम प्रदेशमा एक वर्षमा छाउपडीका कारण १६ महिला तथा बालबालिकाको मृत्यु भएको छ । अछाममा १३ र बाजुरामा तीनको मृत्यु भएको राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम कार्यालय धनगढीका प्रमुख झङ्करबहादुर


z