गोरखामा प्रहरीद्वारा गाँजा नष्ट

खरीबोट

फाइल तस्विर । 

गोरखा  / गोरखा नगरपालिका–४ पीपलथोकमा किसानले अवैध रुपमा लगाइएको तीन हजार गाँजाको बोटलाई प्रहरीले नष्ट गरेको छ । सामुदायिक सेवा केन्द्र गोरखाको समन्वयमा जिल्ला प्रहरी कार्यालय गोरखाको प्रहरी उपरीक्षक ओम अधिकारीको नेतृत्वमा खटिएको टोलीले आज बिहान ती परिमाणको गाँजाको बोट नष्ट गरेको हो ।

लागूऔषध विरुद्धको प्रहरीको अभियानअन्तर्गत जिल्लामा गाँजा फँडानीको काम शुरु गरेको प्रहरी उपरीक्षक अधिकारीले बताए । “हामीलाई त्यस क्षेत्रमा गाँजा छ भन्ने जानकारी आयो”, उनले भने , “त्यही आधारमा गएर अनुसन्धान गर्दा गाँजा रहेको पाइएपछि प्रहरीले नष्ट गर्ने अभियान चलाएको हो ।”

लागू औषध विरुद्धको जनचेतनामूलक अभियान तथा दण्डात्मक कार्यक्रमअन्तर्गत स्थानीय समेतलाई सहभागी गराएर अभियान सञ्चालन गरेको उनले जानकारी दिए  । “हामीले स्थानीय समुदायलाई आफैँलाई समेत गाँजा खेती गरेको भए नष्ट गर्नसमेत भनेका छौँ”, प्रहरी उपरीक्षक अधिकारीले भने ।

फँडानी गरिएको गाँजालाई जिल्ला प्रहरी कार्यालयमा ल्याइएको उनले जानकारी दिए । “अब यसलाई केही दिन सुक्न दिएर प्रहरी कार्यालयमा जलाएर नष्ट गर्छौं”, उनले भने । उनले सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत सामुदायिक सेवा केन्द्र गोरखासँग साझेदारी गरेर जिल्लाभर नै लागुऔषध विरुद्धको कार्यक्रमहरु सञ्चालन गरिरहेको जानकारी दिए ।

उनले यो अभियान निरन्तर चल्ने भन्दै अबदेखि जसको जमीनमा गाँजा खेती गरिएको उसलाई कानूनी कारवाहीसमेत गर्ने बताए । “पहिलो चरणमा हामी आफैँ आएर फँडानी गरेका छाँै, अब आफैँले फँडानी गरेर नष्ट गरी हामीलाई जानकारी नगरे कारवाहीसमेत शुरु हुन्छ”, प्रहरी उपरीक्षक अधिकारीको भनाइ छ । 

सम्बन्धित समाचार

खुर्पा प्रहार गरी श्रीमतीको हत्या

गोरखा । गोरखा नगरपालिका–९ लक्ष्मीबजारमा गए राति श्रीमान्ले श्रीमतीको हत्या गरेका छन् ।  स्थानीय २० वर्षीय याकुब परियारले आफ्नी १९ वर्षकी श्रीमती पूजा परियारको खुर्पाले घाँटी रेटेर हत्या गरेको जिल्ला

विद्यालयका कर्मचारी मृत फेला

गोरखा । गोरखा नगरपालिका–१० टक्कसारस्थित बहिरा आवासीय माध्यामिक विद्यालयमा कार्यरत एक कर्मचारी मृतावस्थामा फेला परेका छन् । सोमबार साँझ ८ः३० बजेपछि विद्यालयको काम सकेर घर फर्किएका सोही ठाउँका ५० वर्षीय

गोरखामा गुफामा राखिएको १६ किलो सुन बरामद  

काठमाडौँ । गोरखाको प्रहरीले गुफामा लुकाइराखेको अवस्थामा १६ किलोग्राम सुन बरामद गरेको छ । धार्चे गाउँपालिका -३ खोर्लाबेशी बजारभन्दा एक किमीमाथि गुफामा बोराभित्र लुकाइराखेको अवस्थामा प्रहरी चौकी माछिखोलाबाट खटिएको टोलीले बिहीबार

गोरखामा प्रहरीद्वारा गाँजा नष्ट

गोरखा  / गोरखा नगरपालिका–४ पीपलथोकमा किसानले अवैध रुपमा लगाइएको तीन हजार गाँजाको बोटलाई प्रहरीले नष्ट गरेको छ । सामुदायिक सेवा केन्द्र गोरखाको समन्वयमा जिल्ला प्रहरी कार्यालय गोरखाको प्रहरी उपरीक्षक ओम


z