पर्यटनको विकासबाटै प्रदेशको समृद्धि सम्भव : मुख्यमन्त्री पोखरेल

खरीबोट

फाइल तस्विर । 

रुपन्देही / प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले पर्यटन क्षेत्रको विकासबाटै प्रदेशको समृद्धि सम्भव भएको बताएका छन । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रकाशन गरेको ‘पर्यटन गाइड’ पुस्तकको  विमोचन गर्दै उनले यो वर्ष पर्यटनलाई केन्द्रित गरेर पूर्वाधार निर्माणमा विशेष जोड दिने सरकारको योजना रहेको बताए ।

“प्रदेशका महत्वपूर्ण गन्तव्यसम्म पुग्नका लागि सडक पूर्वाधारमा लगानी गर्दैछाँै”, उनले भने । प्रदेशका विभिन्न स्थानमा सांस्कृतिक डबली निर्माणका लागि काम शुरु भएको जानकारी गराउँदै उनले प्रदेशका सांस्कृतिक सम्पदालाई पर्या–पर्यटनसँग जोडेर विकास गर्ने जानकारी दिए ।

मुख्यमन्त्री पोखरेलले लुम्बिनीको बसाइँ अवधि लम्ब्याउन चक्रपथ निर्माण र रामग्राममा बुद्धकालीन सङ्ग्रहालय बनाउने योजना अगाडि सारेको बताए । प्रदेशको बजेट खर्चबारे कुरा गर्दै मुख्यमन्त्री पोखरेलले प्रदेश लेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको बजेट विवरण अपूर्ण रहेको बताए ।

“लेखा नियन्त्रक कार्यालयले प्रदेश सञ्चित कोषको रकम मात्रै निकालेर सार्वजनिक ग¥यो तर सङ्घीय सञ्चित कोषको रकम त्यसमा सामेल छैन । खानेपानी, सिँचाइ र सडकको योजना सोझै केन्द्रीय कोषबाट प्राप्त गरेका थियौँ”, उनले भने । मुख्यमन्त्री पोखरेलले केन्द्रीय कोषबाट प्राप्त गरेको रकम सामेल गरी आर्थिक मन्त्रालयले केही दिनमै यथार्थ विवरण सार्वजनिक गर्ने बताए ।

प्रदेश लेखा नियन्त्रक कार्यालयले बिहीबार आर्थिक वर्ष ०७५÷०७६ मा ६३ प्रतिशत बजेट खर्च भएको तथ्याङ्क सार्वजनिक गरेको थियो । प्रदेश लेखा नियन्त्रक कार्यालयले गत वर्षको प्रारम्भिक विवरण सार्वजनिक गर्दै चालूतर्फ ७० प्रतिशत र पूँजीगततर्फ ५९ प्रतिशत खर्च भएको जनाएको थियो । 

सम्बन्धित समाचार

बर्दिया निकुञ्जलाई प्रदेशको प्रमुख पर्यटकिय गन्तव्य बनाइन्छ–मुख्यमन्त्री पोखरेल

बर्दिया(गुलरिया) । बर्दिया राष्ट्रिय निकुञ्जलाई प्रदेशको प्रमुख पर्यटकिय गन्तव्यको रुपमा विकास गर्ने प्रदेश नं ५ का मुख्य मन्त्री शंकर पोखरेलले बताएका छन ।  नेपाल कम्युनिष्ट पार्टी बर्दियाद्वारा गुलरियामा आयोजित पार्टी कार्यकर्ता

राष्ट्रिय पूँजी र अर्थतन्त्रको विकास हुन्छ : मुख्यमन्त्री पोखरेल

बुटवल । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले अहिलेको कार्यदिशाबाट राष्ट्रिय पूँजी र अर्थतन्त्रको विकास हुने बताए । पुष्पलाल स्मृति दिवसका अवसरमा नेकपा बुटवल नगर कमिटीले आज बुटवलमा आयोजना गरेको

पर्यटनको विकासबाटै प्रदेशको समृद्धि सम्भव : मुख्यमन्त्री पोखरेल

रुपन्देही / प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले पर्यटन क्षेत्रको विकासबाटै प्रदेशको समृद्धि सम्भव भएको बताएका छन । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रकाशन गरेको ‘पर्यटन गाइड’ पुस्तकको  विमोचन गर्दै

प्रदेश ५ का मुख्यमन्त्री पोखरेल चीन प्रस्थान

रुपन्देही । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेल सहितको एक प्रतिनिधिमण्डल मित्रराष्ट्र चीनको भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गरेको छ । चिनियाँ कम्युनिष्ट पार्टी अन्तरराष्ट्रिय विभागको निमन्त्रणामा उहाँसहितको सो


z