दुर्घटनाको घाइतेलाई हेलिकप्टरमार्फत उद्धार

खरीबोट

बाजुराबाट कालिकोट गइरहेको जीप दुर्घटनामा परी घाइते भएका १२ जनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । हेलिकप्टरमा घाइतेको आफन्तलाई समेत लगिएको छ ।

जगन्नाथ गाउँपालिकाको भुँवा खोलामा शुक्रबार बिहान भएको जीप दुर्घटनामा परी गम्भीर घाइते भएका १२ जनाको नेपाली सेनाका हेलिकप्टरमार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी गङ्गाप्रसाद न्यौपानेले बताए । दुर्घटनामा परी घाइते हुनेमा मुगु जिल्ला खत्याड गाउँपालिका–६ का २८ वर्षीय उभजङ्गबहादुर शाही, सोही ठाउँ बस्ने १७ वर्षीय राजेन्द्रबहादुर शाही र १८ वर्षीय मेहन्द्रबहादुर शाही रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले बताएका छन  ।

यसैगरी बाजुराको हिमाली गाउँपालिका–४ रुगिनको फैती बस्ने ५५ वर्षीय लालवीर चदाराको अवस्था गम्भीर भएकाले थप उपचारका लागि नेपालगञ्जमा रहेको कोहलपुर मेडिकलमा हेलिकप्टरमा लगिएको प्रहरी नायब उपरीक्षक भाटले जानकारी दिएका छन  । दुर्घटनामा परी घाइते भएका १२ जनाको उपचारका लागि सङ्घीय गृह मन्त्रलायसँगको समन्वयमा उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी न्यौपानेले बताए ।

दुर्घटनामा परी कैलालीको टीकापुर नगरपालिका–४ का २६ वर्षीय जीप चालक रमेश बोगटी र मुगुको खत्याड गाउँपालिका–६ का २४ वर्षीय रामबहादुर शाहीको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार

अछाममा जिप दुर्घटना, तीन जनाको मृत्यु 

अछाम । अछामको बान्नीगढी जयगढ गाउँपालिका–५ कालिकामा बुधबार बेलुकी जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । बेलुकी सवा ८ बजे मुजाबगरबाट जयगढतर्फ जाँदै गरेको से१ज  ९९५ नम्बरको जिप सडकबाट

दुर्घटनाका कारण रसुवाको राजमार्ग अवरुद्ध

रसुवा । स्याफ्रुबेँसी धुञ्चे सडकखण्डमा आज बिहान ८ बजे भएको सवारी दुर्घटनाका कारण रसुवागढी क्षेत्रको राजमार्ग बन्द भएको छ ।  प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार चीनको केरुङबाट ल्याएको रेडिमेट मालवस्तु

नवलपरासीको ज्यामिरेमा दुर्घटनामा एकको मृत्यु

कावासोती । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको ज्यामिरेमा आज बिहान ट्रक अनियन्त्रित भएर पल्टिँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी एक घाइते भएका छन् ।  विनयी त्रिवेणी गाउँपालीका–२ ज्यामिरेको उकालोमा बुटवलबाट

नवलपुरमा सडक दुर्घटना, १ को मृत्यु, ६ घाइते 

नवलपुर । पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिकामा आज बिहान सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।  मृत्यु हुनेमा भारत मोतिहारी घर भई मध्यविन्दु


z