हुलाक प्रशिक्षण केन्द्र वर्षौंदेखि जीर्ण

खरीबोट

काठमाडौं / सरकारी भवन बनाउने जिम्मेवारी पाएको शहरी विकास तथा भवन निर्माण विभागसँगै जोडिएको हुलाक प्रशिक्षण केन्द्रको जीर्ण भवन वर्र्षौंदेखि बन्न सकेको छैन । केन्द्रले हुलाक सेवामा रहेका स्थायी कर्मचारीलाई सेवाकालीन तालीम दिन्छ । केन्द्रका लागि विसं २०२२ मा बबरशम्शेर राणासँग बबरमहलको चार रोपनी १२ आना जग्गा किनिएको हो ।

जग्गासँगै रहेको राणाकालीन भवनमा केन्द्र सञ्चालन हुँदै आएको छ । भवन कहिले बनेको भन्ने स्पष्ट नभए पनि भत्किएका इँटामा विसं १९८० लेखिएको भेटिएको केन्द्रकी मुख्य प्रशिक्षक सीता रेग्मीले राससलाई जानकारी दिइन् । विसं २०१९ मङ्सिर १ गते स्थापना भएको केन्द्र शुरुमा कमलपोखरीमा भाडाको घरमा बसेको थियो । राणाकालमा चन्द्रशम्शेरले घोडा तबेलाका रुपमा प्रयोग गरेको यो भवनमा विसं २०२२ फागुन ९ गतेदेखि प्रशिक्षण केन्द्र सञ्चालन भएको हो ।

विसं २०७२ वैशाख १२ गतेको भूकम्पअघि नै भवन जीर्ण भई बनाउने प्रस्ताव केन्द्रले गरेको थियो । प्रशासन शाखाका नायब सुब्बा विसं २०७० मा नयाँ भवन बनाउन माटो परीक्षणसमेत भएको सम्झन्छन  । भूकम्पले पूर्णरुपमा क्षति भएको चार वर्ष बित्दा पनि भवन बनाउन कसैको ध्यान जान सकेन । प्रशिक्षार्थीका लागि कम्प्युटर प्रयोगशालासहित पुस्तकालयसमेत रहेको तीनतले १५ कोठे भवन जीर्ण भएपछि हाल केन्द्र प्रि–फ्याब भवनमा सञ्चालन भइरहेको छ ।

भूकम्पले भवन पूर्णरुपमा क्षति भएपछि अस्थायी भवनमा कार्यालय सञ्चालन गर्न बाध्य हुनुपरेको मुख्य प्रशिक्षक रेग्मीले बताइन । शहरी विकास तथा भवन निर्माण विभागसँगै जोडिएको भए पनि जीर्ण भएको दशकौँसम्म यो भवन बन्न सकेको छैन । सेवाग्राही नजाने, हुलाकमा कार्यरत कर्मचारी तालीम लिने प्रयोजनका लागि मात्र छिर्ने भएकाले यसप्रति कसैको चासो नगएको हो ।

केन्द्रको भवन बनाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले भने प्राथमिकताका साथ काम अघि बढाएको छ । चालू आर्थिक वर्षमा रु एक करोड २५ लाख छुट्याइएको छ । बहुवर्षीय योजनाअन्तर्गत भवन बनाउन चालू आर्थिक वर्षमै काम शुरु गर्न लागिएको केन्द्रले जनाएको छ । भवन निर्माण भएपछि यसलाई बहुसेवा केन्द्रका रुपमा सञ्चालन गर्ने सोच मन्त्रालयले बनाएको छ ।

हुलाक सेवा विभाग, सूचना प्रविधि विभागलगायत कार्यालय नयाँ बन्ने भवनमा रहनेबारेमा हाल छलफल चलिरहेको जनाइएको छ । शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलाल भने नियमित कार्यक्रममा केन्द्रको भवन बनाउने योजना नरहेको बताउछन्  । सम्बन्धित मन्त्रालयअन्तर्गत बजेटसहितको कार्यक्रम समावेश भइआएमा भने बनाउन सकिने उनको भनाइ छ । 

सम्बन्धित समाचार

हुलाकी सडकको पुल बर्षौदेखि बेबारिस

बर्दिया(गुलरिया) ।  हुलाकी सडक अन्तर्गत बर्दियाको गुलरिया नगरपालिकाको बबई क्याम्पस पश्चिम नजिक रहेको बुढी खोलाको पुलको सम्पुर्ण डिजाईन समयमा नआउँदा पुल बेबारिसे अवस्थामा पुगेको छ । हुलाकी राजमार्ग अन्तरगत गुलरिया नगरपालिका

माडी–ठोरी हुलाकी सडक अवरुद्ध

चितवन /  माडी नगरपालिकामा रहेका अधिकांश खोलामा पानीको बहाव बढेपछि माडी–ठोरी हुलाकी सडक अवरुद्ध भएको छ । रातिदेखि नै परिरहेको वर्षाका कारण खोला बढेर सडक अवरुद्ध भएको हो । माडी इलाका प्रहरी

हुलाक प्रशिक्षण केन्द्र वर्षौंदेखि जीर्ण

काठमाडौं / सरकारी भवन बनाउने जिम्मेवारी पाएको शहरी विकास तथा भवन निर्माण विभागसँगै जोडिएको हुलाक प्रशिक्षण केन्द्रको जीर्ण भवन वर्र्षौंदेखि बन्न सकेको छैन । केन्द्रले हुलाक सेवामा रहेका स्थायी कर्मचारीलाई

हुलाकी सडकमा १६ किलोमिटर कालोपत्रे

सप्तरी / हुलाकी राजमार्गलाई जोड्ने सप्तरीको बिसनपुर–बर्साइन–स्वर्णपट्टी सहायक सडकखण्डको करीब १६ किलोमिटर सडकमा कालोपत्रे गरिएको छ । भारतीय सीमा क्षेत्रसँग जोडिएको सप्तरीको बोदे बर्साइन नगरपालिकाको स्वर्णपट्टिदेखि खडक नगरपालिकाको बिसनपुर चोकसम्म


z