अन्तर्राष्ट्रिय युवा दिवस प्रभावकारी बनाइने

खरीबोट

सरकार यही साउन २७ गते अन्तर्राष्ट्रिय युवा दिवस मनाउने तयारीमा जुटेको छ । दिवस मनाउनका लागि आज राष्ट्रिय युवा परिषद्ले युवा सङ्घ–सङ्गठनसँग छलफल गरेको छ । छलफलमा उक्त दिवसलाई एक दिन मात्र मनाउनाको साटो प्रभावकारी रुपमा लैजानुपर्नेमा सबैको जोड थियो ।

युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले वर्षभर नै विभिन्न गतिविधि सञ्चालन गरेर उक्त दिवस मनाइने र युवाको समस्या तथा चुनौती बुझेर त्यसलाई समाधान गर्ने खालको कार्यक्रम पनि ल्याउन लागेको जानकारी दिए । यस वर्षलाई सरकारले ‘युवा परिचालन वर्ष’ पनि घोषणा गरेकाले उक्त दिवसलाई प्रभावकारी रुपमा मनाइने उनले बताए ।

“युवा परिचालन वर्षका रुपमा मनाउन लागिएकाले वर्षभरि विभिन्न कार्यक्रम सञ्चालन गर्दछौँ”, मन्त्री विश्वकर्माले भन्नुभयो, “युवालाई राष्ट्रिय लक्ष्य हासिल गर्ने दिशातिर अग्रसर गराउने छौँ ।” उनले युवालाई श्रम उत्पादनसँग जोड्न सकियो भने मात्र मुलुकमा समृद्धि आउने भन्दै युवामा सामाजिक जागरण रुपान्तरण गर्न आवश्यक भएको बताए । युवा तथा साना स्वरोजगार कोषका कार्यकारी उपाध्यक्ष डा प्रेमप्रसाद दङ्गालले युवा लक्षित कार्यक्रम प्रत्येक समूहमा पु¥याउनुपर्नेमा जोड दिए ।

उनले युवाका समस्या र चुनौती समाधान गर्नका लागि उनीहरूलाई स्वरोजगार बनाउनुपर्नेमा जोड दिए । परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलले उक्त दिवस मनाउने मात्र नभई त्यसलाई उपलब्धिमूलक बनाउन सबैको सहयोग हुनुपर्ने बताए । नेपालमा सन् २००४ देखि अन्तर्राष्ट्रिय युवा दिवस मनाउन थालिएको हो ।

यस वर्ष उक्त दिवसको अन्तर्राष्ट्रिय नारा ‘शिक्षामा रुपान्तरण’ तय गरिएको छ भने नेपालमा ‘शिक्षामा रुपान्तरण, उद्यमशीलता र नवप्रवर्तन’ भन्ने नारा प्रस्ताव गरिएको छ । उक्त दिवसका अवसरमा परिषद्ले युवा संवाद, युवा उद्यमी, सिर्जना कक्ष प्रदर्शनी, सांस्कृतिक कार्यक्रम, युवा उद्यम सम्मेलन, खेलकूदजस्ता कार्यक्रम गर्ने भएको परिषद्का सूचना अधिकारी धु्रवराज पौडेलले जानकारी दिए ।

परिषद्को अगुवाइमा २०७३ सालदेखि नेपालमा अन्तर्राष्ट्रिय युवा दिवस मनाउँदै आइएको छ । संयुक्त राष्ट्र सङ्घले सन् १९९४ देखि हरेक वर्ष अगस्त १२ लाई अन्तर्राष्ट्रिय युवा दिवस मनाउने निर्णय गरेदेखि सन् २००० देखि विश्वभर नै युवा दिवस मनाउन थालिएको हो । 

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय युवा दिवस प्रभावकारी बनाइने

सरकार यही साउन २७ गते अन्तर्राष्ट्रिय युवा दिवस मनाउने तयारीमा जुटेको छ । दिवस मनाउनका लागि आज राष्ट्रिय युवा परिषद्ले युवा सङ्घ–सङ्गठनसँग छलफल गरेको छ । छलफलमा उक्त दिवसलाई एक

कपिलवस्तुमा अन्तर्राष्ट्रिय युवा दिवस मनाइयो 

कपिलवस्तु।  कपिलवस्तु जिल्ला युवा समितिले अन्तर्राष्ट्रिय युवा दिवस मनाएको छ ।  १९ औँ अन्तर्राष्ट्रिय युवा दिवस कार्यक्रम गरी जिल्ला युवा समितिले अन्तर्राष्ट्रिय युवा दिवस मनाएको हो । 'युवाका लागि सुरक्षित वातावरण'

अन्तराष्ट्रिय युवा दिवसको अवसरमा र्यालीसहित बिभिन्न कार्यक्रम

काठमाडौँ ।  शान्ति र समृदीका लागी युवा भन्ने मुल नाराका साथ सत्रौ अन्तराष्ट्रिय युवा दिवस सम्पन्न भएको छ ।   बिगतका बर्षहरुमा झै यस बर्ष पनि अन्तराष्ट्रिय युवा दिबस भब्यताको साथ


z