ललितपुरका बाढीपीडितलाई खाद्यान्न वितरण

खरीबोट

फाइल तस्विर । 

ललितपुर / एक साता अगाडि अविरल वर्षासँगै आएको बाढीका कारण प्रभावित परिवारलाई महालक्ष्मी नगरपालिकाले खाद्यान्न वितरण गरेको छ ।

महालक्ष्मी–१० लाँकुरीभञ्ज्याङका १४ परिवारलाई नगरपालिकाले एक हप्तादेखि नै चामल, दाल, तेल, लुगा धुने र नुहाउने साबुन, सरफ, चिउरा, भुजिया र दालमोठ वितरण गरेको छ । नगरपालिकाकी उपप्रमुख निर्मला थापाले अविरल वर्षाका कारण १२ घर पूर्ण क्षति भएका छन् भने दुई घरको अवस्था सामान्य रहे तापनि गोठ भने पूरै भत्किएको बताउँदै पीडित परिवारलाई राहत उपलब्ध गराइनेछ भने ।

प्रभावित परिवार हाल छिमेकीको घरमा बस्दै आएका छन् । वडाध्यक्ष बलराम लामाले ललितपुर जिल्ला प्रशासन कार्यालयले राहत वितरणमा एकद्वार प्रणाली लागू गर्ने बताए ।

सम्बन्धित समाचार

भ्रमणबर्षलाई सफल पार्न कुमारी बैंक र ललितपुर वाणिज्य संघको पदयात्रा

काठमाडौं । कुमारी बैंक लिमिटेडले भ्रमणबर्ष नेपाल २०२० लाई सफल पार्न निजी क्षेत्रको पुर्वतयारीको रुपमा ललितपुर जिल्लामा अवस्थित नयाँ पर्यटकीय गन्तव्यहरुको पहिचान एवं प्रचारप्रसार गर्ने अभिप्रायका साथ करिब १९ कि.मि.को

भोटेकोशीमा बाढी, सुरक्षित स्थानमा जान आग्रह

रसुवा । भोटेकोशी नदीमा बाढी आएपछि जिल्ला प्रशासन कार्यालयले नदी किनारका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले भोटेकोशीदेखि त्रिशूली नदी किनारसम्मका बासिन्दालाई सुरक्षित

अरुणखोलाको डाइभर्सन बाढीले बगाउदा पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

चितवन । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको अरुणखोलामा बनाइएको डाइभर्सन बाढीले बगाएपछि राजमार्ग अवरुद्ध भएको छ । प्रहरीका अनुसार आईतबार साँझ साढे ६ बजेको आसपासमा अरुणखोला खोलामा आएको बाढीले डाइभर्सन बगाएको

दक्षिण भारतमा बाढीले २०९ को मृत्यु

भारत । भारतको दक्षिणी राज्य केरलाको कैयौ भागमा बुधबार बाढी आउन सक्ने चेतावनीको कारण सतर्कता अपनाइएको छ । यसअघि नै मौसमी वर्षापछि आएको बाढीको कारण देशभरी २ सय ९ व्यक्तिको मृत्यु


z