फिलिपिन्समा ट्रक दुर्घटना, आठ बालबालिकाको मृत्यु

खरीबोट

मनिला / फिलिपिन्समा बालबालिका बोकेको एउटा ट्रक दुर्घटनाग्रस्त हुँदा आठ बालबालिका समेत नौ जनाको मृत्यु भएको छ । एउटा खेलकुद कार्यक्रममा सहभागी हुन ट्रकमा चढेका उनीहरु दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

ट्रकमा झण्डै ३० जना बालबालिका र उनीहरुका केही अभिभावक एवं शिक्षकहरु चढेका थिए । मध्य फिलिपिन्सको बोल्जून नगर बाहिरको भिरालो सडकमा ट्रकमा ब्रेक नलागेर खोल्सोमा झरेको थियो । बोल्जून नगरका मेयर मर्लाउ डेरामाले ट्रक ड्राइभरले ट्रक रोक्न खोजेपनि अनियन्त्रित भई पल्टिएको बताए ।

उनले दुर्घटनामा ११ र १२ वर्षका आठ बालबालिका र एक जना अभिभावकको घटनास्थलमै मृत्यु भएको थियो । उक्त घटनामा ट्रक चालक भने सकुशल रहेका छन् । गत महिना पनि पूर्वी कामारिन सुर प्रान्तको पहाडी इलाकामा ट्रक दुर्घटना हुँदा १३ जनाको ज्यान गएको थियो । 

सम्बन्धित समाचार

फिलिपिन्समा डेङ्गुबाट आठ महिनामा ८०० जनाको मृत्यु

फिलिपिन्स । फिलिपिन्समा यस वर्षका प्रथम आठ महिनामा डेङ्गु रोगीको संख्या एक लाख ८८ हजार पुगेको स्वास्थ्य विभागले जनाएको छ । विभागका अनुसार डेङ्गुकै कारण ८०७ जनाको मृत्यु भएको छ

​​​​​​​डुङ्गा दुर्घटना हुँदा फिलिपिन्समा २५ को मृत्यु, ६ बेपत्ता

फिलिपिन्स । फिलिपिन्सको मध्य क्षेत्रमा पर्ने दुईवटा प्रान्तका सामुद्रिक तटनजिकै भएको डुङ्गा दुर्घटनामा परी २५ जनाको मृत्यु भएको छ  । इलोइलो र गुईमारासमा शनिबार तीनवटा डुङ्गा दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको

फिलिपिन्समा भूकम्प, आठ जनाको मृत्यु

फिलिपिन्स । फिलिपिन्सको सुदुर उत्तरी क्षेत्रमा शनिबार बिहान आएको भूकम्पका कारण कम्तीमा आठ जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीहरुले दिएका जानकारीका अनुसार भूकम्पका कारण अरु दर्जनौ घाइते भएका छन् ।

फिलिपिन्समा ट्रक दुर्घटना, आठ बालबालिकाको मृत्यु

मनिला / फिलिपिन्समा बालबालिका बोकेको एउटा ट्रक दुर्घटनाग्रस्त हुँदा आठ बालबालिका समेत नौ जनाको मृत्यु भएको छ । एउटा खेलकुद कार्यक्रममा सहभागी हुन ट्रकमा चढेका उनीहरु दुर्घटनामा परेको प्रहरीले जनाएको छ


z